सलमान खान भनेपछि हुरुक्कै हुन्छिन संसारकै सबैभन्दा मोटी महिला…

संसारकै सबैभन्दा मोटी मानिएकी इजिप्टकी महिला अहमद अब्दुलतीलाई शल्यक्रियाका लागि भारतको मुम्बई ल्याइएको छ । उनलाई एउटा क्रेनको सहाराले हवाइजहाजबाट उतारियो र एउटा ट्रकमा हालेर मुम्बईको सैफी हस्पिटल पुर्‍याइयो ।

ओछ्यानबाट यताउता हिँडडुल गर्न नसक्ने ५ सय किलोकी इमान हिन्दी फिल्म हेरेर दिन बिताइरहेकी छिन् । उनी बलिउड कलाकारहरुकी फ्यान रहिछन् । तीन खान हिरोहरु -आमिर, शाहरुख र सलमान) लाई मन पराउने उनी सलमान भनेपछि हुरुक्क हुन्छिन् ।

इमानको उपचारमा संलग्न डा. मुजफ्फर लकडावालाले भने, ‘इमानलाई टीवी रिरियल र बलिउड फिल्म खुबै मन पर्दो रहेछ । हामीले उनको कोठाामा एउटा टीवी राखिदिएका छौं । त्यमा कुनै अरेबिक च्यानल नभएर हिन्दी च्यानल मात्रै आउँछ । ती च्यानलमा फिल्म र गीतहरु हेरेर उनी दिन बिताइरहेकी छिन् ।’

इमानलाई हिन्दी गीत पनि खुबै मन पर्दोरहेछ । उनी दंगल र सुल्तानका गीतहरु खुबै सुन्छिन् र गुन्गुनाउँछिन् पनि । यसका अलावा सलमानको फिल्म किकको गीत जुम्मेकी रात उनको फेवरेट गीतमा पर्छ ।

यस्तो छ अवस्था

दाहिने हात र खुट्टामा प्यारालाइसिसका कारण इमान हिँडडुल गर्न सक्दिनन् । उनलाई घरबाट ओछ्यानसमेत उठाएर ल्याइएको छ । मुम्बईका डाक्टर मफी लकडावाला र उनको टीमले यी ३६ वषिर्या महिलाको ३ महिनासम्म उपचार गर्नेछन् । उनको रगतको परिक्षण गरिएको छ ।

हस्पिटलमा इमानका लागि विशेष कोठा बनाइएको छ । केही डाक्टरले इमानलाई एलिफेन्टाइसिसको बिरामी बताएका छन् । यसबाट खुट्ट धेरै सुन्निे गर्छ । यो एउटा प्यारासाइटको कारणले हुने गर्छ । डाक्टरका अनुसार इमानको शरीरमा आवश्यकताभन्दा बढि पानी जम्मा भएको छ जसले गर्दा उनको वजन बढ्दै गएको छ ।

सम्बन्धित समाचार :५ सय किलोग्राम तौल भएकी संसारकै सबैभन्दा मोटी महिला

इजिप्टको एलेक्जेन्डि्रयामा बस्ने इमान २५ वर्षदेखि आफ्नो घरबाट बाहिर निस्किन सकेकी थिइनन् । जन्मदा उनको तौल पाँच केजी थियो । उनी कहिल्यै स्कुल गएकी छैनन् ।एजेन्सी

प्रकासित मिति : २०७३ फागुन ३ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..