annapurna add

rsz page 3b

राजा वीरेन्द्र वीरविक्रम शाहले प्रयोग गरेको निवास श्री सदन प्रदर्शनीमा ल्याइएको छ। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो। शनिबार एक कार्यक्रमका बीच पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदन प्रदर्शनमा ल्याइएको घोषणा गरे। उनका अनुसार अब जनताले नारायणहिटी दरबार, श्रीपेचसँगै राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गरेको निवास अवलोकन गर्न पाउनेछन्।

श्री सदनमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका सामग्रीहरू छन्। नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ। नेपालको राजसंस्थासँग जोडिएका अन्य ऐतिहासिक पुरातात्विक वस्तु यहाँ छन्। यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ।

श्री सदनभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ। सदनको निर्माण २०२३ सालमा भएको हो। उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो। स्व. मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो।

नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन्। सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ। पूर्वतर्फ दक्षिण फर्किएको तीन तलाको यो घरमा १६ कोठा छन्।

भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...