घिमिरेद्वारा फ्रन्टलाइनर स्वास्थ्यकर्मीका लागि १ करोडको पुरस्कार घोषणा

बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।

उक्त रकम फाउन्डेसनका सदस्य तथा उद्यमी सुहृद घिमिरेले उपलब्ध गराएका हुन् । फाउन्डेसनले स्वास्थ्यकर्मीको पेसाभन्दा माथिको मानवताप्रतिको समर्पण भाव देखेर यस फाउन्डेसनका कार्यकारिणी सदस्य कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे र छोरी अदितिले स्वास्थ्यकर्मीहरूलाई हौसला तथा सम्मानस्वरूप बारबरा फाउन्डेसनमार्फत पुरस्कारको राशि प्रदान गर्न लागेका हुन्।

सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट पुरस्कृत गर्नुपर्ने व्यक्तित्व छनोटका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको निर्णायक समिति गठन गरिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..