नायिका सुमिना घिमिरेद्वारा ४० जना प्राविधिकलाई एक महिनाको रासन वितरण

नायिका सुमिना घिमिरे र उनका श्रीमान क्याप्टेन रोशन सापकोटाले लकडाउनको मारमा रहेका चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । सुमिना र रोशनले चालिस जना चलचित्र प्राविधिकलाई एक महिनालाई पुग्ने रासन सहयोग गरेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको रोहवरमा सुमिना र रोशनले बुधबार जडीबुटीमा प्राविधिकलाई राशन वितरण गरेका हुन् । सुमिनाले आफुसँगै काम गरेका प्राविधिकलाई राहत सामाग्री वितरण गर्न पाउँदा खुसी लागेको बताइन् ।

‘दुलही’बाट नेपाली फिल्म नगरीमा अभिनय सुरु गरेकी सुमिनाले दर्जनौं फिल्ममा अभिनय गरेकी छिन् । बिहे पश्चात् भने उनी फिल्म क्षेत्रबाट परै छिन् । सुमिना घिमिरे नेपाली नायिका हुन् । उनले खेलेकी पहिलो फिल्न छविलाल कन्जुस छैन हो । तर सुमिनाको पहिलो रिलिज फिल्म भने दुलही हो । उनले यस फिल्मबाट चार अवाड पाएकी छिन् । सुमिनाले फिल्म म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरेकी छिन् । घिमिरे एक समयकी चर्चित नायिका हुन् ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..