अनौठो बच्चा : चार खुट्टा र दुईवटा यौनांग, गरियो सफल शल्यक्रिया

सिएनएन– भारतको कर्नाटकमा केही महिनाअघि एउटा अनौठो बच्चा जन्मिएको थियो। जसको चार खुट्टा र दुईवटा यौनांग थिए। तर, यसै साता ती  बच्चाको सफल शल्यक्रिया भएको छ। अब उनी सामान्य बनेका छन्। चिकित्सकलले शलयक्रिया गरी दुई खुट्टा र एक यौनांग हटाएपछि ती बालक सामान्य बनेका हुन । बच्चाको नाम सार्बजनिक गरिएको छैन।

बैंगलोरको नारायण हेल्थ सिटीका चिकित्सकले ती बालकको सफल शल्यक्रिया गरेका हुन्। शल्यक्रियामा चिकित्सक, नर्स र प्राविधिक गरी २० जनाको समूह संलग्न थियो। बच्चालाई दुर्लव वशांणुगत समस्या पोलिमेलिया भएको चिकित्सकले बताएका छन्। पोलिमेलियाका कारण जन्मदै शिशुको शरीरमा दुईभन्दा बढी हात खुट्टा हुने गर्छन्।

ती अनौठो बच्चालाई हेर्न स्थानीय मानिसको भीड नै लागेको थियो। बालककी आमा ललितम्मा र पिता चेनावस्वाले छोरोलाई दैवी शक्तिका रुपमा लिएका थिए।

जर्नल अफ क्लिनिकल इमेजिङ साइन्समा उल्लेख भए अनुसार असामान्य क्रोमोजोम वा वातावरणीय तत्व पनि पोलिमेलिया हुने गर्छ। अहिलेसम्म पोलिमेलियाबाट भारतमा जन्मिने बच्चाको संख्या यकिन छैन। सन् २००८ मा विहारमा एक बालिकाको जन्मदै चार हात र खुट्टा थिए।

प्रकासित मिति : २०७३ फागुन २ गते

Kantipath Media

यो छुट्टाउनु भो कि..