संसारकै सबैभन्दा ठूलो बालुवाको महल

काठमाडौं। स–साना बालबालिकाहरु बालुवाको घर बनाएर रमाउने-खेल्ने गर्छन् । तर, भारतका सुदर्शन पटनायक र उनका ४५ जना विद्यार्थीले ९ दिन लगाएर बालुवाको सुन्दर आकृतिसहित संसारकै सबैभन्दा ठूलो बालुवाको महल बनाएका छन् ।

sudarshan 3 final min 1

 

गत महिना पटनायकको नेतृत्वमा विश्व शान्तिका लागि भारतको उडिसा राज्यको सामुद्रिक पुरी तटमा १४.८४ मिटर अर्थात् ४८.८ फिट अग्लो र ५३० फिट वर्गाकार क्षेत्रफलमा फैलिएको बालुवाको महल बनाइएको हो ।

उनले सुदर्शन स्यान्ड इन्स्टिच्युटमार्फत् विद्यार्थीहरुलाई बालुवामा आकृति बनाउने कला सिकाउँदै आएका छन् ।

sudarshan 2 final min

गत महिना सुदर्शन र उनका ४५ जना विद्यार्थीले बनाएको उक्त बालुवाको मूर्तिलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले हालै स्वीकृत गरेपछि उनको टिम संसारकै सबैभन्दा अग्लो बालुवाको महल बनाउनेको सूचीमा सामेल भएको छ ।

सुदर्शनले महल विश्व शान्तिको लागि बनाएको बताएका छन् । उनले बनाएको महलमा विश्वका चर्चित नेताहरु नेल्सन मन्डेला, महात्मा गान्धीलगायतका नेताहरुको मूर्ति, परेवाको मूर्ति र सबै धर्मबारेको आकृति रहेका छन् ।

 

यसअघि, अमेरिकाका टेड साइवेर्ट र उनका १३ सहयोगीले भर्जिनियाको सामुद्रिक तटमा १३.९७ मिटर अग्लो बालुवाको महल बनाएर कीर्तिमान कायम गरेका थिए ।

यस कीर्तिमानलाई तोडेपछि सुदर्शन र उनका विद्याथी संसारकै सबैभन्दा ठूलो बालुवाको महल बनाउने कीर्तिमानको सूचीमा पर्न सफल भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।-एजेन्सी

 

Kantipath Media

यो छुट्टाउनु भो कि..