annapurna add

binod

पछिल्लो केही दिनदेखि ‘यूट्युब’ को कमेन्ट सेक्सनमा एउटा नामले तहल्का मच्चाइरहेको थियो। ‘विनोद’- यो नाम युट्यूबमा खोज्दा अनेकौँ भिडियोहरु आउँछन्, जसमा सबैको जिज्ञासा छ, ‘विनोद’ को हो? केही दिन यता टिकटक, यूट्यूबको कमेन्ट सेक्सनमा अझ विशेषगरी यूट्युबमा आएको लाइभको कमेन्टमा सबै जसोले ‘विनोद’ लेख्दै छोडेका छन्। ‘विनोद’ यति प्रख्यात भयो कि चर्चित यूटुबर क्यारी मिनाटीसम्मलाई जिज्ञासा भयो ‘यो विनोद हो को ?’

युट्युबमा विनोद नामको एक एक अक्षरबाट वाक्य बनाउन थालियो। ‘ब्वाइ इज हाइ अन डिमान्ड’ भनेर लेख्न थालियो। विनोदका नाममा अनेकौँ भविष्यवाणी गर्न थालियो।

‘स्ले पोइन्ट’ नामको यूट्युब च्यानल मार्फत सन् २०२० को जुलाई १५ मा एउटा भिडियो सार्वजनिक भएको छ, जसको शिर्षकमा लेखिएको छ, ‘किन भारतीय युट्युबरको कमेन्ट सेक्सन फोहोर हुन्छन्।’ यही शिर्षकको अन्तमा कोष्टभित्र लेखिएको (विनोद) ।

झण्डै ९ मिनेट लामो भिडियोमा कार्यक्रम एक प्रस्तोता अभ्यूदय मोहनले भिडियोहरुमा आएको कमेन्ट पढेका छन्। उनले भिडियोमा आएका बिना प्रसंगका कमेन्टहरुलाई पढ्ने क्रममा ‘विनोद थारु’ नामको एकाउन्टबाट आएको कमेन्ट पढ्छन्, जहाँ मात्र विनोद लेखिएको हुन्छ। र यो कमेन्टमा ७ जनाले लाइक गरेका छन्।

मोहनले यो भिडियोमा विनोदको नाम तीन पल्ट लयात्मक तरिकाले यो नाम उच्चारण गरेका छन्। त्यसपछि भाइरल भएको यो नाम हरेक ठाउँमा देखा पर्‍यो र यही च्यालनका दुई सञ्चालक अभ्यूदय मोहन र गौतमी कवालेले ‘विनोद’ भाइरल भएको विषयमा नयाँ भिडियो बनाएका छन्।

विनोद ट्रेन्ड भाइरल भएपछि सुरुमा कमेन्ट गर्ने ‘विनोद थारु’ कै नाममा धेरै भन्दा धेरै युट्युब अकाउन्ट बनेका छन् भने धेरै भन्दा धेरै भिडियोहरु बनेका छन्। देशसंचारबाट साभार गरिएको ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर