annapurna add

3500

कुनै पनि अप्ठ्याराभित्र समस्या मात्रै हुँदैनन, अवसर पनि हुन्छन् । तर त्यो अवसर के हो भन्ने जान्न भने सक्नुपर्छ । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नोटबन्दीको घोषणा गर्दा पैसाको अभावमा ठूलो समस्या सिर्जना भएको थियो । एटीएमका लाइनमा पैसा निकाल्नेको लामो लाइन हुनथाल्यो । पैसाको अभावमा कैयन काम रोकिए ।

सम्पूर्ण देश पैसाको अभावमा जुधिरहेका बेलामा हातहातमा पैसा पुर्याउने एउटा प्रविधि लोकप्रिय बनेको थियो । क्यासलेस सोसाइटीको बाटोमा हिँडेको ‘पेटीएम’ले त्यो अवसरलाई सदुपयोग गरी अर्बौ रुपैयाँ कमाउन सफल भएको थियो । तर त्यो भारतमा मात्रै सीमित थियो ।

अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण लकडाउन छ । कार्यालयहरु बन्द छन् भने बाहिर हिँड्न पनि पाइएको छैन । मानिसहरु महिनौंदेखि घरभित्र बस्न बाध्य भएका छन् । यही अवसरलाई सदुपयोग गरेको छ ‘जुम’ले ।

यो एक सफ्टवेयर एप्लिकेशन हो । जसको मुख्य उद्देश्य भिडियो कल हो । कार्यालयका मिटिङ, कन्फरेन्सका लागि, कुराकानी गर्नका लागि पछिल्लो समय सबैभन्दा उपयोगी माध्यम बनेको छ । यसअघि सामान्य रुपमा प्रचलनमा आए पनि कोरोना भाइरसको संक्रमणले सबै मासिनहरुलाई घरमै बसाइदिएपछि कार्यालयका मिटिङका लागि यो निकै उपयोगी एप बनेको छ ।

फोन कन्फरेन्स, च्याट गर्नका लागि सजिलो छ । यो एप चलाउन एक त सजिलो छ भने अर्को तिर मोबाइल, ल्यापटप, डेस्कटप जहाँ पनि चलाउन सकिन्छ । र, एकै साथ १ हजार जना पनि एकैसाथ बैठक गर्न सकिन्छ ।

सन् २०११ मा शुरुवात भएको यो एप अहिले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । लकडाउनका कारण विश्वविद्यालयको अध्यापन ठप्प भएको छ, कार्यालयहरु चलेका छैनन् । यस्तोमा सोसल डिस्टेन्सिङ कायम राख्नका लागि यो एपको प्रयोग अनिवार्य जस्तै बनेको छ ।

लकडाउनका कारण विश्वव्यापी रुपमा लकडाउन हुँदा विश्वका धनीहरुको सम्पत्ति खर्बौ रुपैयाँले कमी आएको छ । एसियाका सबैभन्दा धनी मानिने मुकेश अम्बानीको सम्पत्तिमा २० बिलियन अमेरिकी डलरले कमी आउँदा एउटा मोबाइल एप ‘जुम’को सम्पत्ति भने पछिल्लो ३ महिनामा ४ बिलियन अमेरिकी डलर थपिएको छ ।

प्रयोगकर्ताको कुरा गर्दा गत १ वर्षमा जुमका प्रयोगकर्ता १.९९ मिलियन थिए भने कोरोना भाइरस शुरु भइसकेपछि गत ३ महिनामा मात्रै २.२२ मिलियन प्रयोगकर्ता बढेका छन् ।

त्यति मात्रै होइन, गत वर्षसम्म एक दिनमा जुमले १० लाख मानिसलाई कनेक्ट गर्न सक्थ्यो भने अहिले २ सय मिलियनलाई एक दिनमा कनेक्ट गर्न सक्ने भएको छ । यसको अहिलेको बजार पुँजी ३५ बिलियन अमेरिकी डलर छ ।

यसरी भयो जन्म

जुमको शुरुवात हुनुका पछाडि एउटा कथा छ । सन् २०१० भन्दा अघि चिनियाँ नागकिर इरिक युयान लङ डिस्टेन्स रिलेसनमा थिए । उनीकी प्रेमिका चीनकै अर्का ठाउँमा थिइन । उनीहरुबीचको दुरी १० घण्टाको रेल यात्रा बराबरको थियो । अर्थात् एक अर्कोलाई भेट्ने हो भने १० घण्टा रेलमा यात्रा गर्नुपथ्र्यो ।

हरेक समय १० घण्टाको लामो यात्राबाट पट्यार लागेका इरिकले भिडियो कल गर्ने एप निर्माण गर्ने आइडिया निकाले ।

जुमको शुरुवात हुनुभन्दा अघि उनलाई इन्टरनेटमा केही काम गर्नुपर्छ भन्ने योजना बनाएका थिए । यो प्रेरणा उनलाई बिल गेट्सको अन्तर्वार्ताबाट आएको थियो । तर चीनमा तत्कालिन समयमा इन्टरनेटको पहुँच उत्ति साह्रो राम्रो थिएन । त्यसैले उनी अमेरिका गएर केही काम गर्न चाहन्थे ।

तर अमेरिका जान उनलाई समस्या थियो । उनलाई अंग्रेजी पनि आउँदैनथ्यो । तर उनलाई सफ्वटेयरमा कोडिङ गर्न भने आउँथ्यो । कैयन कम्पनीमध्ये कोडिङका लागि अमेरिकी कम्पनी वेवएक्सले उनलाई निमन्त्रणा पठायो । तर अमेरिकाले भिसा दिएन । पटक पटक प्रयास गर्दा पनि दिएन । आठ पटकसम्म भिसा अस्वीकार भयो । तै पनि हार भने मानेनन र नवौं पटकमा उनले भिसा पाए ।

अमेरिकामा गएर सिस्को कम्पनीमा काम गर्दा गर्दा उनले आफ्नो काममा सन्तुष्ट हुन सकेनन् । साथै आफ्नो आइडिया अनुसारको काम गर्नका लागि नयाँ कम्पनी शुरु गर्ने योजना बनाए । र सन् २०११ मा काम छाडेर जुमको शुरुवात गरे । सिस्कोमा उनी मातहतमा काम गर्ने ४० भन्दा बढी इन्जिनियरलाई पनि सँगै जुममा ल्याए ।

त्यतिञ्जेलसम्म सिकेको अनुभवका आधारमा, अडियन्सको चाहनालाई ध्यानमा राख्दै उनले काम शुरु गरे । शुरुको २ वर्षसम्म अध्ययन र यसको विकासमा मात्रै खर्चिए ।

त्यसपछि लगानी जुटाउँदै जुमको शुरुवात गरे । र, सन् २०१३ जनवरीमा प्रडक्ट लञ्च गरे । सोही वर्षको मे महिनासम्ममा यसका ग्राहक १० लाख जना भइसकेका छन् । विस्तारै जुमको लोकप्रियता यति बढ्यो कि अहिले अर्बौ डलरको सम्पत्तिको कम्पनी बनेको छ ।clickmandu

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर