उज्यालोका प्रधानसम्पादक र कार्यकारी सम्पादकलाई पक्राउ गर्न प्रहरी परिचालन

दुई दिनअघि भारतीय जासुसी संस्था ‘र’का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको ४ बुँदे सम्झौताका विषयमा समाचार प्रकाशन गरेपछि सरकारले उज्यालो नेटवर्कका प्रधानसम्पादक बुद्ध लोप्चन र कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार दुवैलाई पक्राउ गरी हिरासतमा लिने तयारी भएको हो ।

उज्यालो नेटवर्कले ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशन गरेपछि प्रहरीले उज्यालो नेटवर्कको कार्यालय र सम्पादकद्वयको घरमासमेत खानतलासी गरेको थियो ।

प्रहरीले धरपकड गर्ने क्रममा वनस्थलीस्थित बर्गर हाउसमा पनि छापा मारेको थियो ।

सम्पादक लोप्चनले भने समाचार लेखेकै भरमा आफूलाई हत्कडी लगाउन खोजिएको भन्दै प्रहरीको आलोचना गरेका छन् ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..