को बन्दैछ नयाँ प्रधानसेनापति ? यी हुन् दाबेदार

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवको चार महिनापछि अवकासमा जादैंछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ । थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने छन् ।

सेनामा दुई जना रथीको दरबन्दी छ । सेनामा प्रधानसेनापतिले एक महिना पहिला विदा लिने परम्पराअनुसार उनी साउन २४ मा विदामा बस्नेछन् । शर्माको ठाउंमा वरियताको आधारमा उपरथी बालकृष्ण कार्की रथीमा बढुवा हुनेछन् ।

सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २१ बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए ।

सैनिक ऐनअनुसार प्रधानसेनापति नियुक्तीको लागी सिफारिस प्रधानसेनापति थापाले नै वरिष्ठतम रथीबाट गर्नुपर्नेछ । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सेनाका वरिष्ठतम रथी मध्येबाट एक जनालाई प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..