मतदानको समय सकियो, ३३८ भोट खस्यो, १० अनुपस्थित

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ ।

दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् ।

उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।

 

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..