माधव नेपालसँग आज पनि भेट्दै ओली

नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन । ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् ।

पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावल लगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

अध्यक्ष ओलीले शुक्रवारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् । नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..