राष्ट्रपतिविरुद्ध महाअभियोगबारे कांग्रेसमा छलफल, सबै दलसँग मिलेर विकल्पमा जाने

नेपाली कांग्रेसले संविधानमाथि कुल्चने काम पटक–पटक गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनेबारे छलफल थालेको छ।

आज (शुक्रबार) बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। कांग्रेस बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको हो।

सबै दलसँग छलफल गरेर यो प्रवृत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय भएको बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए। उनले साँझ ५ बजे अगावै निष्कर्षमा पुग्नका लागि सबै विकल्पमा छलफल हुने बताए।

‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशिस भएको छ। त्यसलाई हामी सफल हुन दिँदैनौँ’, उनले भने। अब कुन बाटो तय गर्दा ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्ने उनले बताए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..