annapurna add

105594416 2689802911344518 4189390209806878033 n

ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर अनिल पोखरेलले अस्पतालमा मृत्यु भएका एकजना ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि अहिले उनको उपचारमा खटिएका १४ जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई पनि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको तयारी भइरहेको डा पोखरेलले बताए ।

मृत्यु भएपछि कोरोना पुष्टि भएका ती संक्रमितलाई पहिला नै कोरोना विशेष आइसियुमा राखिएकाले अस्पतालको अन्य सेवामा समस्या नभएको डा पोखरेलले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पतालमा निधन भएका व्यक्तिमा कोरोना पुष्टि भएको आधिकारिक घोषणा गरेको छैन ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर