फ्रान्समा फेरी चार हप्ताका लागि कडा लकडाउन घोषणा

lockdown zKBMvqv

lockdown zKBMvqv

कोरोना भाइरसको उत्परिवर्तित रुपको महामारी फेरि चर्किएपछि फ्रान्समा शनिबारदेखि लागू हुनेगरी कडा लकडाउन घोषणा गरिएको छ । बेलायती स्वरूपको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि बुधवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोंले कडा लकडाउन घोषणा गरेका हुन् ।

सरकारी अस्पतालहरुको सघन उपचार कक्षमा पाँच हजार बिरामीहरु भर्ना भएपछि स्वास्थ्य प्रतिरक्षा परिषद (हेल्थ डिफेन्स काउन्सिल) को सुझाव अनुसार उनले यस्तो निर्णय लिएको फ्रान्सेली मिडियाहरुको भनाइ छ । उक्त सुझावलाई मन्त्रिपरिषदबाट पास गरिएको थियो ।

राष्ट्रपतिको सम्बोधनका अनुसार यसअघि खुला रहेका नर्सरी, स्कुल, कलेज र उच्च विद्यालयहरू तीन हप्ताका लागि बन्द रहने छन् । विश्वविद्यालयका विद्यार्थी भने हप्तामा एक दिन मात्रै कक्षामा प्रत्यक्ष सरिक हुन पाउने व्यवस्था गरिएको छ । लकडाउनका बेला आफ्ना बालबालिका घरैमा राख्न बाध्य हुने कर्मचारीहरुका लागि सहयोगीको व्यवस्था गरिनेछ ।

आगामी हप्ता विद्यार्थीहरुलाई पूरै घरमै राखिने छ र त्यसपछिका दुई हप्ता गर्मी यामको छुट्टी घोषणा गरिने छ । शिशु कक्षा, माध्यमिक स्कुल अप्रिल २६ अगाडि खोलिने छैनन् । निम्न माध्यमिक र माध्यमिक तहका विद्याहरुका लागि भने मे महिनाको ३ सम्म बन्द रहने छ । एक क्षेत्रबाट अर्को क्षेत्रबीचको आवतजावत इस्टर पर्वका बेला बाहेक निषेध गरिएको छ । यसअघि रहेको १९ प्रान्तमा मात्रै रहेको स्वास्थ्य प्रतिबन्ध निगरानीलाई फ्रान्सभरि लागू गराइने छ । होटेल, बार, रेस्टुरेन्टहरु सबै बन्द रहने छन् । रेस्टुरेन्टहरुले स्वास्थ्य सुरक्षा अपनाएर टेक वे सेवा दिन पाउने छन् । बन्द रहेका होटेल, रेस्टुरेन्ट र अन्य व्यवसायीहरुका लागि सामाजिक सहयोग रहने छ । बन्द रहेका व्यवसायका कर्मचारीले बेरोजगार भत्ता पाउने छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..