भागरथी भट्टको हत्यामा स्पष्ट हुन ५ प्रश्न

bhagarathi bhatt rape sex murder case kantipath dinesh

बैतडीकी किशोरी भागरथी भट्टको हत्या पूर्वयोजनाअनुसार भएको प्रहरीको निष्कर्ष छ । गाउँकै भाइ पर्ने किशोरले उनको हत्या गरेको प्रहरी दाबी छ । तर, मृतककै केही आफन्त भने किशोर एक्लैले यति जघन्य अपराध गरेकोमा पूर्ण विश्वस्त छैनन् ।

मन हो एक पटक मरेपछि सकियो, विरुवा होइन जुन बारम्बार पलाइरहने– स्व. भागरथी भट्ट

bhagarathi bhatt rape sex murder case kantipath dineshभागरथीका बुबाले आफ्नो परिवारका एक महिलालाई दुव्र्यवहार गरेको प्रतिशोधमा आफूले भागरथीसँग बदला लिएको किशोरको बयान छ । तर, यो कथित घटना भागरथी र आरोपी किशोर जन्मिनुभन्दा पनि करिब १८ वर्ष पुरानो हो । त्यसैको बदलास्वरूप अहिले यति जघन्य अपराध भएकोमा पीडित परिवार ढुक्क हुन सकेको छैन ।

मृतकका दाइले ती किशोरविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । ‘प्रहरीको आग्रहमा जाहेरी दिएका हौँ, तर उसले एक्लै यत्रो घटना गरायो भन्नेमा हामी विश्वस्त छैनौँ,’ भागरथीका काका शिवराज भट्टले भने ।

प्रहरीले भने आरोपी किशोरको साबिती र परिस्थितिजन्य प्रमाणलाई आधार बनाएर उनलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । ‘मुख्यतः आरोपीले साबिती बयान दिएका छन्, दोस्रो आरोपितको गतिविधि, देखिजान्ने साथीहरू र समय–सन्दर्भ सबै विश्लेषण गरेर उनी नै दोषी हुन् भन्ने प्रहरीको निष्कर्ष छ,’ सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले भने, ‘प्राविधिक अनुसन्धानबाट पनि थप प्रमाण जुटाउँदै छौँ ।’ भागरथीको शरीरबाट संकलन गरिएको नमुना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण हुँदै छ ।

घटनास्थलको प्रकृति र आरोपीले दिएको बयानका आधार यो घटना ती किशोरले नै गरेका हुन् भन्नेमा शंका नरहेको डिआइजी सुवेदीको भनाइ छ । ‘अहिलेसम्मको अनुसन्धानमा घटनामा एकजना मात्रै संलग्न देखिएका छन् । प्रहरीसँग घटनास्थलका प्रमाणहरू पनि छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छ र ल्याबको रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

पर्याप्त प्रमाणका आधारमा आरोपीलाई सार्वजनिक गरिएको प्रहरीको भनाइ छ । ‘त्यो वेला आरोपी किशोर घटना भएकै ठाउँमा भएको प्रमाण भेटिन्छ र उसले समय र सन्दर्भसँग मिल्ने बयान दिएको छ,’ सुदूरपश्चिम प्रदेश कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने ।

dinesh bhattaप्रहरीका अनुसार घटनाअघि आरोपी किशोर एक्लै सोही बाटो आएको देख्नेहरू पनि छन् । साथै, मोबाइल लोकेसन, घटनापछिको व्यवहारबाट पनि उनको संलग्नता छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रहरीको भनाइ छ । ‘घटनास्थलमा कुकुर लगेको दिन उनी डराएर स्कुल नगई गोठालो गएका थिए,’ एसएसपी सिंह भन्छन्, ‘उसले आफूसँग बदलाको भावना रहेको कुरा पनि बताएको छ ।’

स्पष्ट हुन बाँकी केही प्रश्न

प्रहरीले आरोपी किशोरलाई सार्वजनिक गरे पनि पीडित परिवारले केही प्रश्न उठाएका छन् ।

१. मुख्य उद्देश्य बलात्कार कि हत्या ?

आरोपी किशोरले हत्या गर्ने योजनाले बाटोबाट धकेलेर ३० मिटर तल खसालेको र घाइते अवस्थामा घाँटी अठ्याएर हत्या गरेको बयान दिएका छन् । बलात्कार गर्नका लागि कपडा फुकालिदिएको, तर बलात्कार नगरी छाडेको प्रारम्भिक बयान दिएका छन् । तर, पीडितको निजी अंगबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । त्यति मात्र होइन, पोस्टमार्टम रिपोर्टले पनि बलात्कार भएको पुष्टि गरेको छ ।

‘पीडितको निजी अंगमा निकै ठूलो क्षति भएको छ, सुत्केरी हुँदा महिलाको जुन अवस्था हुन्छ, त्यही अवस्था उनको थियो,’ अस्पताल स्रोतको भनाइ छ । मृतकको स्तनमा समेत टोकिएका घाउहरू भेटिएका छन् । त्यसैले बलात्कार गरेको होइन भन्ने आरोपितको दाबी र उपलब्ध प्रमाण मिल्दाजुल्दा छैनन् । यो विषयमा प्रहरी आफैमा पनि स्पष्ट भइसकेको छैन ।

२. ३५ वर्षअघिको घटनामा अहिले प्रतिशोध !

आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आपूmले बदला लिन यो अपराध गरेको बहाना बनाएका छन् । दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् ।

तर, यो कथित घटना करिब ३५ वर्षअघिको हो, स्वयं भागरथी र आरोपी किशोर जन्मिनुभन्दा १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् । त्यसैले आफ्नै आपराधिक मानसिकताले बलात्कार गरेर अहिले प्रतिशोधको लेपन लगाएको हुन सक्ने छिमेकीहरूको भनाइ छ ।

३. अनुसन्धान पूरा नहुँदै प्रहरीलाई माला

आरोपी किशोरलाई अदालतमा पेस गरेपछि अनुसन्धान सफल भएको भन्दै भागरथीको गाउँमा प्रहरीलाई सम्मान गरिएको छ । स्थानीय खोँचलेक प्रहरी चौकीमा डिआइजी उत्तम सुवेदीसहित टोलीलाई खादा ओढाइएको थियो । एकातिर भागरथीका दाइले नै आरोपी किशोरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । अर्कोतिर, किशोर एक्लैले यो अपराध गरेका होइनन् भनेर परिवार भन्दै छ । त्यति मात्र होइन, अनुसन्धान नसकिँदै प्रहरीलाई फुलमाला गरिएको छ ।

यो विरोधाभासका विषयमा भागरथीका काका शिवराजले भने, ‘दाइ सोझो छ, प्रहरीले उजुरी दिनु भनेपछि दिएका हौँ, फुलमाला त वडाध्यक्षहरूले लगाइदिएका हुन् ।’ प्रहरीको सम्मान गर्न दोगडाकेदार– ७ का वडाध्यक्ष भरत महरा, ३ का अध्यक्ष चन्द्रदेव जोशी र भागरथी न्याय अभियानका अभियन्ता भुवन कार्की खोँचलेक प्रहरी चौकी पुगेका थिए ।

४. आरोपी हिरासतमा, शव अस्पतालमा

दोषीलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न दबाब दिँदै आएका परिवारले अभैm पनि शव बुझ्न मानेका छैनन् । ‘आरोपी किशोर एक्लैले यति ठूलो अपराध गराउन सक्छ भन्नेमा हामीलाई विश्वास छैन, घटनाको सम्पूर्ण अनुसन्धान सकिएको छैन, न्याय पाउने निश्चित नभएसम्म शव उठाउँदैनौँ,’ पीडित परिवारका आफन्तको भनाइ छ । १४ दिनदेखि राखिएको शव सुरक्षित गर्न अस्पताललाई समेत हम्मे परेको छ ।

५. डिएनए परीक्षणमा अन्योल

भागरथीको शरीरबाट संकलन गरिएको नमुना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याइएको छ, तर पीडित र आरोपीको डिएनए परीक्षण गराउने कि नगराउने भन्नेमा प्रहरी आफैं प्रस्ट भइसकेको छैन । अपराधका घटनामा डिएनए परीक्षण गराउने प्रचलन आम होइन । निर्मलाको बलात्कार तथा हत्याको घटनामा डिएनएको भर पर्दा अनुसन्धान नै बिथोलिएको प्रहरीको आन्तरिक मूल्यांकन छ ।

खासगरी डिएनएको नमुना संकलनमा पर्याप्त सावधानी नभएमा परीक्षणले समेत सही नतिजा नदिन सक्छ । अहिले पक्राउ परेका किशोरका विरुद्ध पर्याप्त प्रमाण भएकाले त्यसैका आधारमा मुद्दा चलाउन सकिने विषयमा प्रहरी छलफलमा छ । आजकाे नयाँ पत्रिकाकाे कभर स्टाेरीमा समाचार छापिएकाे छ ।

भागरथी भट्टको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : महासचिव विप्लव

स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो, ५ दिन बितिसक्दा पनि भागरथीका हत्यारा पत्ता लागेन

भागरथी भट्ट हत्या प्रकरण : महेन्द्रनगरमा प्रदर्शन

भागरथीकी आमा द्रौपदी भट्टले

बैतडी घटनाबारे महिला आयोग गम्भीर

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Kantipath Media

यो छुट्टाउनु भो कि..