बादलसहित ५ जनाको पद खोसिदै

1617688133 0fDYf

1617688133 0fDYf

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नपठाएको भन्दै नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाही गर्ने भएको छ ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाहीलाई गरिदै छ । माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र (फागुन २३ पछि ) पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।

‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ र त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी रहेको बताउँदै स्रोतले भन्यो सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’ । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए ।

नेकपा माओवादी केन्द्रले पार्टी परिवर्तन गर्ने चार प्रदेश सांसदलाई कारबाही गरेको छ । पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कार्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्ती भएका टंक आङ्बोलाई कारबाही तथा पत्र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरेका रुपन्देहीका न्यौपाने र गुल्मकिा पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो ।

अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रको लुम्बिनी प्रदेससभा संसदीय दलका नो कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..