annapurna add

काठमाडौं । सरकारले फेरी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने गरेको छ ।

काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले निर्णय गरेको हो ।

 गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

सो निर्णय बिहीबारदेखि लागू हुने  स्रोतले जनाएकाे छ ।

home press release 2यसै गरी थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।
ज्यान गुमाउनेको संख्या ६० पुगेको बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...