annapurna add

प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन ।

Cकेही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत गरिएको छैन ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालती र सरकारको कानुनी सेटिङका निम्ति कम वरियताको पद महान्यायाधिवक्तामा लगिएको तर त्यस अनुरूप काम गर्न नसकेकोमा अहिले ओली पक्षले उनको हुर्मत लिन खोजेका छन ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले दर्शाएको थियो । 

तर महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।

खरेलले भने कुराकानी गर्दै आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको जिकिर गरे । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन ।

संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए । खरेलले आफुविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको बताउँछन् । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...