दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने भएको छ ।

यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघले जनाएकाे छ ।

‘दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन ।

त्यसो त भदौ अन्तसम्म पनि वर्षात् नरोकिएका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ ठाउँमा अवरोध आउँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा परेको र अहिले नै सर्वसाधारण यात्रुहरूलाई नियमित उडानकै लागि टिकट पाउन मुस्किल परिरहेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..