संसद विघटनको मुद्धा अन्त्यतिर : आजबाट एमिकस क्युरी

00000ikay sarbochha supreme Final copy

00000ikay sarbochha supreme Final copy

संसद विघटन मुद्दामा आजबाट एमिकस क्युरीको बहस सुरु हुँदै छ। रिट निवेदक तर्फको जवाफी बहस हिजो सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन्। एमिकस क्युरीमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना छन्।

एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई राय दिनेछन्। एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने कानुन व्यवसायीको अनुमान छ।

केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए। जुन कदम गैरसंवैधानिक भन्दै सर्वाेच्च अदालतमा परेका रिट सम्बन्धमा झन्डै डेढ महिनादेखि सुनुवाइ जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हाे।

रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गरेका थिए ।

वरिष्ठ अधिवक्ताद्वयले रमणकुमार श्रेष्ठ र मुक्ति प्रधानले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर दोहोर्‍याए । अधिवक्ता टीकाराम भट्टराईले संविधानले निर्वाचनको परिकल्पना नगरेको र निर्वाचन हुन नसक्ने जिकिर गरे ।

अधिवक्ताहरु गोविन्द शर्मा बन्दी, सन्तोष भण्डारी, सरोजराज घिमिरेलगायतले पाँच वर्षका लागि बनेको सरकार भएको हुँदा अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गरे ।

यसअघि, सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले बहस गरिसकेका छन् । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..