annapurna add

Army 1

कङ्गो, अफ्रिकामा शान्ति कायम गर्न खटिएको नेपाली सेनाको टोलीका हर्ताकर्ता नै अशान्ति मच्चाउन उद्दत रहेको पाइएको छ । प्रायः साँझ सुरापान गरेर आफू मातहतका सिपाही तथा तल्लो तहका सैनिकलाई निर्घात कुटपिट गर्ने कार्य अहिले कङ्गोमा खटिएको नेपाली शान्ति सेनाको टोलीको दैनिकी नै भएको गुनासो छ ।

पछिल्लो पटक बुधबार साँझबाट सुरापान गर्न थालेका सहसेनानीत्रय इन्द्र थापा,सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गर्दा सैनिक तथा जवान सख्त घाइते बनेका छन् । यसरी कुटेर नायक नवराज माझीलाई मरणासन्न अवस्थामा पुर्याइएको छ ।

क्याप्टेनहरूले निर्घात् कुटेका सैनिकको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ । आफ्नै हाकिमबाट दैनिक हुने निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पीडितहरूले बताएका छन् ।

शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ । अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...