पूर्णचन्द्रको पूर्वाग्रहका कारण बढुवा रोक्का भएका जर्नेललाई प्रभुरामले दिए न्याय

नेपाली सेनाका सहायकरथी बावुराम श्रेष्ठ उपरथी बढुवाका लागी सिफारिस भएका छन् । उनि सेनाका २६ बेसिकका अधिकृत हुन । सैनिक मुख्यालयले उनको नाम उपरथी बढुवाका लागी सिफारीस गरेपनि मन्त्रिपरिषदले निर्णय गर्न भने बांकी छ ।

श्रेष्ठलाई २७ बाहिनीको बाहिनीपति आफूले चिनेको केटो लाइ फारम भर्नको लागी आफ्नै गाडीमा लगेको बस्ने ब्यबस्था गरेको र प्रशिक्षणको ब्यबस्था गरिदिएको भनेर नसियत दिएको थियो। नसिहत दिये पछि स्वत एक बर्स बढुवाको उम्मेदवार बन्न पाउदैन । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनि संलग्न हुंदै नभएको घटनामा पूर्वाग्रह सांधेर कार्वाही गरिएको बताइन्छ ।

श्रेष्ठ सेनामा भविष्य भएका सैनिक अधिकारी थिए । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । उनि हाल सेनाको तालिम महानिर्देशनालयमा कार्यरत छन् । तत्कालिन प्रधानसेनापति थापाले नसिहतसहित १ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेपनि हालका प्रधानसेनापति प्रभुराम शर्माले भने उनको बढुवा सिफारीस गरेका छन् ।

श्रेष्ठको व्याचका सहदेव खड्का,विनय राणा र सन्तोष ढकाल ३ जना उपरथी भइसकेका छन् । सेनामा श्रेष्ठमाथी अन्याय भएको चर्चा छ । तत्कालिन प्रधानसेनापति थापाले पुर्वाग्रह सांधेर हचुवाको भरमा कार्वाही गर्दा धेरै अधिकृतहरुमाथी अन्याय भएको थियो ।

त्यसैगरी सहायकरथी ईश्वरकान्त मैनालीको नाम पनि उपरथीमा बढुवाका लागी सिफारीस भएको छ ।

पश्चिम कमाण्डमा कार्यरत मैनालीको भर्खरै उपत्यका कमाण्डमा सरुवा भएको छ । उनलाई अवकासमा जानुअघि विशेष निर्णय गरेर सम्मानस्वरुप उपरथीमा बढुवा दिने निर्णय भएको हो ।

यसअघि नयां दिल्लीमा सैनिक सहचारी रहेका मैनालीको उपरथीमा विशेष बढुवा दिने निर्णय तत्कालिन प्रधानसेनापति थापाले रोकेका थिए ।

उनले आफ्ना सैनिक सचिव पदम बहादुर सिंहलाई भने उपरथीमा बढुवा गरेका थिए । तर, मैनालीको हकमा भने उनले फाइल बन्द गर्ने निर्णय गरेको स्रोतको दावी छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..