यस कारण प्रहरीले ‘इन्कार’ गर्यो भट्टराईविरुद्धको जाहेरी

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महरलगायतका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

याे पनि…
सञ्चारमा सरकारी रवैया : रेडियो नेपालले सरकारसँग क्षमा माग्दै हटायो भट्टराईको अन्तरवार्ता

Baburam BhattaraiNEWS OF KANTIPATHभट्टराईविरुद्ध साइबर अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै अदालतमा ‘गाली बेइज्जती’को मुद्दा दर्ता गर्न सुझाएर विद्यार्थी नेताहरुलाई फर्काइएको परिसरले जनाएको छ ।

नेकपाका सांसदद्धय किशान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण जस्तो गम्भीर आरोप लगाइएको भन्दै विद्यार्थी नेताहरुले भट्टराईविरुद्ध साइबर अपराधमा जाहेरी दिन परिसर पुगेको थियो ।

तर, जाहेरी लिन प्रहरीले इन्कार गर्यो । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा सुरेन्द्र यादवलाई बस्नेत, श्रेष्ठ र खनालसहितको समूहले अपहरण गरेर जनकपुरबाट काठमाडौँ ल्याएको आरोप लगाउँदै भट्टराईले फेसबुक र ट्विटरमा लेखेका थिए ।

सांसद अपहरण प्रकरणमा संलग्नलाई विभिन्न विद्यार्थी संगठनले कारबाहीको माग गर्दा महर केपी ओली र महेश बस्नेतलगायतलाई खुसी बनाउन बाबुरामविरुद्ध उजुरी बोकेर प्रहरीमा पुगेका देखिन्छ । राज्य सत्ताको गलत कमदका विरुद्ध विद्यार्थी संगठनले खबदारी गर्नुपर्ने बेला महर ओलीको चाकडीमा तल्लिन भएको भन्दै अनेरास्ववियूभित्रै महरको हर्कतको विरोध भइरहेको छ ।

ओलीको पछिल्लो कदमको नेकपाकै शीर्ष नेताले प्रतिवाद गर्दा महरले विद्यर्थी संगठनको गरिमाको नै धज्जी उठाएको अनेरास्ववियूभित्रै गुनासो छ । विद्यार्थी राजनीतिमा बाहुबलीकाे परिचय बनाएका महर ओलीलाई रिजाउँदै छोटो समयमै अनेरास्ववियूको संयोजक बनेका थिए ।

सांसद यादवलाई साथमै लिएर आइतबार भट्टराईसहितका जसपाका नेता ‘सांसद अपहरण’को जाहेरी लिएर काठमाडौँ प्रहरीमा पुगेका थिए । सांसद यादवको जाहेरी पनि प्रहरीले ‘इन्कार’ गरेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..