रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

susmaaaa

युवतीले पठाएको म्यासेजमा आफू गर्भवती भएकाले एक्लै होइन, हुल बाँधेर लिन आउन नवराजलाई अह्राएकी थिइन् । आफू एक्लै आउँछु भन्ने प्रेमीलाई होइन, साथीहरूसहित लिन आऊ भन्ने किशोरीले केटाहरु बीचबाटो नपुग्दै आफ्नो मोबाइल अफ गरेर सम्पर्कबिहिन भैदिइन् ।

Rukum1 2

मृतक गणेश, टिकाराम, नवराज र लोकेन्द्र

जाजरकोटबाट बेहुली लिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८,सोती गाउँ गएका १९ जनामध्ये पाँचजना आफैँ पनि सकुशल फर्कन सकेनन् । तर, जिउँदो नफर्के पनि भेरी नदीले बगाएर उनीहरूको लाशलाई आफ्नै जिल्ला जाजरकोट नै पुर्याइदियो । लाशको पोष्टमोर्टम जाजरकोटको जिल्ला अस्पताल र सदगतसमेत जाजरकोटमै पर्ने भेरी नदीको तीरमा भयो । उता बेहुली बन्न तयार सत्र बर्षकी किशोरी भने बाबू आमासङ्गै यतिबेला पूर्वी रुकुमको प्रहरी हिरासतमा छिन् !

पाशविक र आपराधिक घटनाको वास्तविकता विस्तारै सार्वजनिक हुँदैछ । चौरजहारीस्थित घरमा रहेकी ठकुरीकी छोरी र बिक थरकी हुनेवाला बुहारीले शनिबार हुनेवाला आफ्ना दुलाहा नवराजलाई आफूलाई लिएर जान बोलाएकी थिइन् ।

युवतीले पठाएको म्यासेजमा आफू गर्भवती भएकाले एक्लै होइन, हुल बाँधेर लिन आउन नवराजलाई अह्राएकी थिइन् । आफू एक्लै आउँछु भन्ने प्रेमीलाई होइन, साथीहरूसहित लिन आऊ भन्ने किशोरीले केटाहरु बीचबाटो नपुग्दै आफ्नो मोबाइल अफ गरेर सम्पर्कबिहिन भैदिइन् ।

kalunabu

केटाहरू केटीको घर नजिकै पुगेपछि अकस्मात् ढुंगामुढा हुन थाल्यो । घटनामा बाँचेका एकजना युवक भन्छन्– ‘केटीकी आमा र गाउँलेले हल्ला गर्दै लखेटेपछि आफूहरू ज्यान जोगाउन भेरीमा हाम्फाल्यौं । नदीको एउटा भँगालो तरिसक्दा पनि लखेट्दै ढुंगामुढा गर्न रोकिएन । त्यसपछि हामी तितरबितर भयौं ।’

बल्लबल्ल ज्यान जोगाएकाहरूले साँझतिर साथीहरूको खोजी गर्न थाले । घटनास्थलभन्दा केही टाढा एकजनाको लाश फेला परेपछि बल्ल उनीहरूलाई अरु पाँच जना पनि हराइरहेको थाहा भयो । सबै भेरीमै हेलिएको आशंकामा खोज्दैजाँदा हिजोसम्म पाँच वटा शव फेला परेको छ । हिजो फेला परेको शव झण्डै ४० किलोमिटर टाढा पुगेको थियो ।

उता जाजरकोटमा मृतकमध्ये तीनजनाको शव पोष्टमोर्टम गरेर जलाइ सकिएको छ । तर,मेडिकल रिपोर्ट भने अझै आएको छैन । सम्भवतः उच्च राजनीतिक दबाबका कारण रिपोर्टमा ढिलाई भएको आशंका गरिएको छ । अनौपचारिक रूपमा बताइएअनुसार सबैको टाउकोमा गहिरो चोट र शरीरभरी नीलडाम देखिएको छ । यसले कुटपिट र ढुंगामुढापछि उनीहरूलाई भेरीमा फालिएको आशँकालाई बल मिल्छ । यस्तो चरम यातना दिएर मान्छे मार्नेसम्मको हर्कत गरेका आरोपितहरूलाई कुन कानुनबमोजिम कारबाही होला ? जनआस्थाबाट !

थप समाचार 

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..