इस्लामिक स्टेटद्वारा नेताको मृत्यु भएको पुष्टिः नयाँ उत्तराधिकारीको नाम घोषणा

bagdadi KANTIPARTHइस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।

इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ । याे पनि पढ्नुहाेस् : विश्वकै ठूलो आतंकवादी संगठन आईएसआई प्रमुख बग्दाती मारिए

एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएको पुष्टि पनि गरेको छ । उनको मृत्यु २७ अक्टोबरमा अमेरिकी कुर्दिस बलको एक अपरेशनको क्रममा भएको थियो ।

अबु हम्जा अल–कुरैशी इस्लामिक स्टेटका नयाँ प्रवक्ता हुन् जसले अबु इब्राहिम अल–हाशमीको हात बलियो बनाउन मुसलमानलाई आह्वान गरेका छन् ।

अबु इब्राहिम अल हाशमी अमेरिकी सुरक्षाबलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले आफ्ना नयाँ नेताबारे खासै जानकारी दिएको छैन । उनका कुनै तस्बिर पनि जारी गरिएको छैन ।

तर इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमी पुराना जिहादी लडाकु भएको जसले पश्चिमविरुद्ध थुप्र्रै युद्ध गरिरहेको दाबी गरेको छ । याे पनि पढ्नुहाेस : कुर्दले चोरेका थिए बग्दादीको भित्री वस्त्र

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत आइतबार चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादीले सिरियामा अमेरिकाको स्पेशन फोर्सको एउटा छापामारीको क्रममा आफूलाई मारेको बताएका थिए ।

चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादी मारिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि कुनै जीतभन्दा कम होइन ।

विद्रोहीहरुको समूहबाट पैदा भएको सबैभन्दा खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेट अबु बक्र अल–बगदादीको नेतृत्वमा अफ्रिकाबाट अष्ट्रेलियासम्म आफ्नो खुट्टा पसारिरहेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..