भागरथी भट्ट हत्या प्रकरण : भेटिएन हत्याराको सुराक

Baitadi case of kantipath

१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा ५ दिनदेख प्रहरी नै अलमलमा परेको छ।

बैतडी घटनाबारे महिला आयोग गम्भीर

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Baitadi case of kantipathबैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन।

बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन।

टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन्। यस्तै राष्ट्रिय महिला आयोगले घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ ।

हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लङ्घन भएको आयोगले महसुस गरेको छ । सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ । टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन् ।

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पु¥याउन आयोगले आग्रह गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..