annapurna add

बैतडीमा किशोरी बलात्कारको प्रकरणमा वडा अध्यक्ष सहित ४ जना पक्राउ परेका छन ।

कसरी बाहिरियो बैतडी बलात्कार घटना, को हुन मिलापत्र डिलिङ गर्ने ?

एक तोला सुन दिने सर्तमा बलात्कारको घटना गाउँमै मिलाइयो

Deepak Dhami rapes 18 year old girlबलात्कार बलत्कार प्रकरणमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित थप ४ जना पक्राउ परेका हुन ।

सिगास गाउँपालिकाकी एक किशोरीलाई बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन ।\

यसअघि सो घटनामा संलग्नताको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ ।

सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

बलतकर

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार