annapurna add

 

BAJHANG biheप्रताप ओली बझाङ । अहिले पनि हाम्रो समाजमा अन्तरजातीय विवाह सर्वमान्य छैन । गाउँमा एक पक्ष कथित माथिल्लो जात र अर्को पक्ष तल्लो जात भयो भने समाजले सहजै स्वीकार गर्न सक्ने स्थिति छैन । अझ गतवर्ष सुर्खेतमा एक दलित केटाले ठकुरी केटी भगाएपछि मरणासन्न हुनेगरी कुटपिट नै भएको थियो । यस्तोमा मागेर विवाह गर्ने र समाजले स्वीकार्ने अवस्था मुश्किलै हुन्छ । तर, बझाङको वित्थडचीर गाउँपालिका एक जना परिवारले दलितकी छोरी मागेरै विवाह गरेको छ । त्यो पनि सामाजिक मान्यता सबै पूरा गरेर । वित्थडचीर–९, सुनकुडा, खलापाटाका दिपक बोहराले स्थानीय रुपाकुमारी विकसँग मागी विवाह गरेका हुन् ।

यही मंसिर १८ गते धूमधामका साथ विवाह सम्पन्न भएको वित्थडचीर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्लले बताए । उनका अनुसार विवाहमा दुवैतर्फका छिमेकीको बाक्लो उपस्थिति रहेको थियो । समाजमा सबै मान्छे एकै हौं भन्ने सन्देश प्रवाह गर्न छर्न बिहे गरिदिएको दिपकका बुबा कलक बोहराले बताए । कलक बोहराले पनि २०४७ सालमा भारतमा रहँदा दलितकी छोरीसँग बिहे गरेका थिए ।

‘समाजको हेर्ने दृष्टिकोणभन्दा पनि हामीले गर्ने काम समाजका लागि कस्तो छ भन्ने हामी सबैले बुझ्नुपर्छ,’ उनले भने । बेहुला दिपक बोहरा पनि रुपालाई पाएकोमा खुशी छन् । यस्तै, बझाङजस्तो सामाजिक कुुसंस्कारले ब्याप्त जिल्लामा पनि समाज परिवर्तन लागि गरिएको यो विवाहलाई प्रोत्साहन गर्न वित्थडचीर गाउँपालिकाले यस दम्पतीलाई शुक्रबार सम्मान गर्न लागेको प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष हर्क धामीले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...