annapurna add

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका ७ जना बेपत्तामध्ये ३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टर उड्ने तयारीमा छ, सांसद विक

२ जनाको शव भेटियो, ७ जना अझै बेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

pahit bajhangस्राेतका अनुसार ११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मीता जेठारा र ११ वर्षका प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुमा ८० वर्षका दले जेठारा २० वर्षका जिरजा जेठारा, ४४ वर्षकी रामदेवी जेठारा र ७ वर्षकी शान्ता जेठारा रहेका पनि उनले घटनास्थलबाट जानकारी दिए।

पुरिएकी रामदेवी जेठाराका मृतक भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छन् ।

पुरिएका घरको पशु चौपायसहित खाद्यान धन सम्पति पनि क्षति भएको छ । 

अहिले प्रहरी टोली त्यहाँ पुग्न नसकेपछी हेलिकप्टरकको लागी पहल भईरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाकी) सांसद आशा विकले कान्तिपथ डटकमलाई जानकारी दिइन् ।

तत्काल जिल्लाबाट गएको प्रहरी टोली त्यहाँ पुग्ने सम्भावना कम भएपछी हेलिकप्टर मार्फत उद्धार गर्नु पर्ने देखिएको छ ।

घाइते उद्धार  र राहतलागी  हेलिकप्टरकाे पहल भईरहेको सांसद विकले बताइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...