annapurna add

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका २ जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता छन् ।

बझाङमा पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

शनिबार बिहान २ बजेतिर गएको पहिरोले १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।

पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए । गाउँमा ४० परिवारको बसोबास रहेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेका अनुसार जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...