बादलको पछि लागेर एमालेको केन्द्रिय सदस्य बन्न हिंडेका ढुंगेल विभाग सदस्यमा थन्किए !

उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा सबैभन्दा बढी बालकृष्ण ढुंगेलको आलोचना गर्ने नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले हालै विभागहरु गठन गरेका छन्। श्रेष्ठ हत्या प्रकरणमा पक्राउ परी डिल्लीबजार कारागारमा ढुंगेल बसेका थिए। उनले ओखलढुंगामा सार्वजनिक मञ्चबाट न्यायाधीशरुको पिँडुला ताछ्नेसम्मका अभिव्यक्ति दिएका थिए।

ओखलढुंगा पूर्वमाओवादी नेता तथा विवादीत बालकृष्ण ढुंगेललाई ओलीले स्कुल विभागमा राखेका छन्। ढुंगेल केन्द्रिय सदस्य बन्न बादलको पछि लागेर एमालेमा गएका थिए । ढुंगेलको व्यक्तिगत जीवन सादा र सहज भए पनि सार्वजनिक र राजनीतिक जीवन भने विवादको घेरामा रहेको थियो।

कम्युनिस्ट पार्टीमा स्कुल विभाग पार्टीको सैद्धान्तिक राजनीतिक प्रशिक्षण दिने महत्वपूर्ण मानिन्छ। नेकपालाई अदालतले अवैध ठहर गरी एमाले र माओवादी ब्युँताएपछि ढुंगेल ओली खेमामा मिसिएका थिए। पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतसँगै ढुंगेल पनि एमालेमा लागेका थिए।

पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, स्कूल विभागमा अध्यक्ष केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि आइतवार बसेको बैठकले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । बैठकले असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..