विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको हो ।

बैठकले प्रतिबन्द फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्ने ती मन्त्रीले जानकारी दिए।

सोमबार नै मन्त्रिपरिषद्को बैठक राखेर विप्लव नेकपामाथि लगाइएको प्रतिबन्धको फुकुवा गर्ने तयारी भएको भए पनि प्रधानमन्त्री ओली कार्यक्रमका सिलसिलामा धनगढी गएकाले बैठक बस्न सकेको थिएन्।

सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै शनिबार विप्लव आफैले विज्ञप्ति जारी गरेका थिए।

वार्ता टोली गठनअघि नै सरकारका प्रतिनिधि र विप्लव नेकपाका दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भने भइरहेको जनाइएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..