लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेता जीवनबहादुरकै श्रीमती

Capture123

कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयनमा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ ।

Capture123मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेका हुन् । तीन सदस्यीय समितिले छानेका सदस्य नेकपाको दुई खेमा र कांग्रेसका परेका छन् ।

अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता शाहीले भने आफ्नै श्रीमती बसन्ती कुमारी सिंह शाहीलाई लोकसेवा आयोगको सदस्य बनाएका छन् । अध्यक्षमा रामप्रसाद उपाध्याय र अर्का सदस्यमा भक्तबहादुर खड्का नियुक्त भएका छन् । लोकसेवा आयोगका तिनै पदाधिकारीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..