यसरी मिल्यो भागरथी भट्ट प्रकरणमा प्रहरीलाई सफलता

poli 3 bhagirathi

poli 3 bhagirathi

भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि नेपाल प्रहरी निकै दबाबमा थियो । विगतमा निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएपनि दोषी पत्ता लाग्न सकेको थिएन । त्यसैले भागरथी भट्ट हत्या प्रकरणले राजनीतिक रुप लिन थालिसकेको थियो ।

सडकमा बलात्कारविरुद्ध प्रदर्शन बढ्दै गएको थियो । यसले प्रहरी मुख्यालय मात्र नभई सिंहदरबार र बालुवाटार समेत दबाबमा परे । क्षेत्रीले सिधै सुदूर पश्चिमका डिआइजी उत्तमराज सुवेदीलाई सम्पर्क गरी घटनाको अनुसन्धानबारे छलफल गरेका थिए । प्रहरी मुख्यालको निर्देशनलगत्तै डिआइजी सुवेदी आफै बैतडी पुगे । उनी घटनास्थलमा समेत पुगे । तालिमप्राप्त कुकुर र प्राविधिकहरु समेत लिएर सुवेदी बैतडी पुगेपछि आरोपी दिनेश भट्ट समेतको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो । उनी अन्य दिन बलात्कारविरुद्धको प्रदर्शनमा पुग्थे । तर, सोही दिन गोठालो गए । त्यसले उनी शंकाको घेरामा परे ।

डिआइजी सुवेदीले संयम भएर घटनाबारे गहिरो अनुसन्धानको नेतृ्त्व लिए । उनले बरु समय लागोस् तर दोषी उम्कन नपाओस् र प्रमाणहरु पनि यथेष्ठ संकलन होस् भन्ने उद्देश्यका साथ पाइला चाले ।

नभन्दै दिनेश भट्टको पहिचान भयो । उनलाई निगरानीमा मात्र राखेर अनुसन्धान जारी राखियो । दिनेशकै घटनामा संलग्नता रहेको लगभग निश्चित भएपछि उनलाई पक्राऊ गरी बयान लिइयो । सुवेदीले निकै सावधानी अपनाउँदै कुशलतापूर्वक अनुसन्धानको नेतृत्व लिएर भागरथी हत्याका आरोपी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन सके ।

माघ २१ गते बिहान ९ बजे भागरथी भट्ट बिहान ९ बजे घरबाट स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा पढ्न हिँड्छिन् । उनी करिब १० बजे विद्यालय पुगिन् र प्राथना गरेर कक्षाकोठाभित्र छिर्छिन् । व्यवस्थापन शंकायमा ऐच्छिक लेखा विषय लिएर पढेकी भागरथीको अपरान्ह पौने २ बजे कक्षा सकिन्छ । त्यसपछि उनी घरतर्फ लाग्छिन् ।

भागरथीसँगै उनको घर नजिकैको भाइ भानदेव भट्टपनि सँगै निस्किन्छन्, जो भागरथीसँगै सोही विद्यालयमा पढ्थे । उनीसँगै कक्षा १२ मै पढ्ने केही विद्यार्थी र कक्षा ११ मा पढ्ने केही विद्यार्थी पनि क्लास बंक गरेर निस्किन्छन् । विद्यालयबाट खोचलेक बजारसम्मको दुरी करिब ५ मिनेटको पैदल यात्रामा पर्छ । त्यहाँ भानदेव, उनका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट लगायतका केही कपाल काट्न भन्दै रोकिन्छन् । भानदेवले भागरथीलाई ‘दिदी तपाईंहरु जानुस्, हामी कपाल काटेर आउछौँ’ भन्छन् ।

bhagrathi murderer vChGfajDCe

त्यसपछि भानदेव लगायतका विद्यार्थीहरु बजारमा रोकिन्छन् भने भागरथी र उनका केही केटी साथीहरु बजारबाट छुट्टिन्छन् । बजारबाट भागरथीको घरतर्फ जाने क्रममा २ जना किशोरीहरु आफ्नो चप्पल सिलाउनका लागि जान्छन् । भागरथीकै घरतर्फ पर्ने बाटोमा जाने २ जना किशोरी बाँकी रहन्छन्, भागरथी र ममता भट्ट । तर ममता भट्टको घर काँकडा भन्ने स्थानमा भएकाले उनी भागरथीसँग केही मिनेटको यात्रापछि नै छुट्टिन्छिन् । बजारबाट करिब १० मिनेटको यात्रापछि पुगिने मन्दिरबाट भागरथीलाई हात हल्लाएर ‘बाई’ भन्दै ममता छुट्टिन्छिन् भने भागरथी आफ्नो घरतर्फ अगाडि बढ्छिन् ।

यता बजारमा कपाल काट्न लागेका किशोरहरुको समूहमा रहेकामध्ये एक किशोर त्यहाँबाट निस्कन्छ । ‘सँगै जाउँ’ भन्दा उनले छिटै घर जानुपर्ने छ भन्दै उनी निस्किन्छ भागरथीको पछिपछि लाग्छ । ती किशोर थिए, भागरथीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् ।

यता, भागरथी र ममता छुट्टिएपछि दिनेश भट्ट भागरथीभन्दा छिटोछिटो हिँडेर अगाडि जान्छ र लबलेक जङ्गलको खोँचमा गएर बाटो ढुक्न थाल्छ ।

BHAGRATHI21612621315

भागरथी खोचलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा निस्किएको अनुमान प्रहरीको छ । र, खोचलेक बजारबाट घटनास्थल अर्थात् लबलेक जङ्गलको घटनास्थल पुुग्न ढिलोमा ४० मिनेट लाग्छ । त्यो भनेको भागरथी घटनास्थल पुग्दा करिब २ बजेर ३० मिनेटको आसपास भएको छ । र, जब भागरथी लबलेक जङ्गलको अलिक खोल्सी परेको स्थानमा पुग्छिन्, दिनेशले भागरथीमाथि जबरजस्ती सुरु गर्छ ।

भागरथी सडकबाट भागेर ओरालो जमिनतर्फ अगाडि बढ्छिन् । तर दिनेशले जबरजस्ती गर्न छाड्दैन र भागरथीको कपाल समात्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओरोलो बाटोमा भएको हुन्छ । दिनेशको हातमा भागरथीको कपाल र रबर बेण्ड आउँछ । भागरथीले अझै प्रतिकार गरेर भाग्ने प्रयत्न गर्छिन् ।

तर आक्रामक स्वभावका दिनेशले भागरथीमाथि आक्रमण गर्न छाड्दैन । सडकबाट ५० मिटर तल दिनेशले भागरथीलाई लडाउँछ । त्यसपछि फेरि भागरथी भाग्न कोशिश गर्छिन् । त्यहाँ भागरथीको चप्पल खुस्किन्छ । तर अग्लो र बलियो दिनेशको अगाडि भागरथीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल बनमाराको छेल पारेर समथर भूभागमा भागरथीको मुख थुनेर जबरजस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छ ।

यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । हत्यापछि उसले भागरथीको मोबाइलको ‘कल लग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन ।

दिनेश घटनास्थलबाट करिब ७० मिटर हल्का उकालो पर्ने माथितिर लाग्दैन । त्यहाँबाट बिस्तारै बनमारा झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । यो समय करिब ३ बजेको हो ।

त्यसपछि दिनेश केही समय त्यही वरिपरी अलमलिएको जस्तो देखिन्छ । अनि ऊ बिस्तारै घटनास्थलको बाटो हुँदै आफ्नो घरतर्फ अगाडि बढ्छ । घटनास्थलको केही माथि एक खेलमैदान बन्दै छ । त्यहाँ केही मानिसहरु काम गरिरहेका थिए । खेल मैदानको ठीक तल एक स्थानीयले दिनेशलाई भेट्छन्, जुन समय ३ बजेर २५ मिनेट जाँदाको समय हो । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ र नियमित काम गर्छ ।

घटनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह भागरथीकै साथीहरुले भागरथीको मृत शरीर देख्छन् । उनीहरु गाउँमा गएर घटनाबारे भन्छन् र सबै गाउँले घटनास्थल फर्कन्छन् । भोलिपल्ट विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घटनास्थल पुुछन् र अपराधीलाई फाँसीसम्मको माग गर्छन् । दिनेश पनि त्यही समूहमा नारा लगाइरहेको हुन्छ ।

तर माघ २२ गतेको आन्दोलनमा पनि दिनेश लामो समय घटनास्थलमा बस्दैन । विद्यालयबाट नारा लगाउँदै घटनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घटनास्थलमा बस्छ । अन्य सहपाठीहरु भागरथीलाई न्याय मागिरहँदा ऊ भने घर जान्छ ।

अपराधस्थलमा अपराधीले कुनै सुराक छाडेको थिएन । तर पनि थप केही सुराक पाइन्छ कि भनेर प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने बतायो । तालिमप्राप्त कुकुर ल्याउने भएपछि सुराक पनि खोज्ने र सुँघेरै अपराधी पत्ता लगाउने हल्ला बजारभरि छरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी उत्तमराज सुवेदी आफै कुकुर लिएर घटनास्थल आउने चर्चा चल्यो र कुकुर अत्यन्तै चलाख भएको सुुँघेरै अपराधी पत्ता लाग्ने हल्ला बजारभरि फैलिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी आफै कुकुर लिएर घटनास्थल आइरहेको जानकारी खोचलेक, भागरथीको गाउँ चढेपानी लगायतमा फैलिन्छ ।

नभन्दै माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल आइपुग्छ । कुकुरलाई घटनास्थलमा लगियो । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु घटनास्थलमा बसेर यो सब दृश्य हेरिरहँदा आरोपित दिनेश भट्ट भने गोरु चराउन भन्दै गोठालो लाग्छन् । सबै सहपाठीहरु आन्दोलनमा होमिँदा दिनेश किन आएनन् भनेर कसैले हेक्का राख्दैन । तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई गहन ढङ्बाट अनुसन्धान गर्न थाल्छन्। कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आँफैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रासले दिनेश घटनास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नआएको बयान दिएका छन् ।

भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

DIGP Uttam Raj Subedi

निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए । डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीले दाबी गरेको छ ।

सुवेदीका अनुसार पक्राउ परेका दिनेशले अभियोग स्वीकार गरेका छन् । भागरथीको हत्या गरेपछि दिनेश घरमै पुगेका थिए । भागरथीको हत्यारालाई कारबाही गर्न दबाब दिने स्थानीय व्यक्तिको समूहको अग्रपंक्तिमा समेत उनी सामेल थिए । हत्यारालाई कारबाही नभएसम्म मृतक भागरथीको शव नउठाउने भन्दै स्थानीयले प्रहरीमाथि दबाब दिएका थिए ।

दिनेशलाई सुरुदेखि नै प्रहरीले निगरानीमा राखेको थियो । ‘उनलाई सोधपुछका लागि हामीले तारेख दिइरहेका थियौँ,’ सुवेदीले भने, ‘प्रमाण जुटेपछि नियन्त्रणमा लिएका हौँ ।’ पक्राउलगत्तै उनले अपराध अस्वीकार गरेका थिए ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले भने हत्यामा पारिवारिक दुश्मनीसमेत जोडिएको बताए । ‘पारिवारिक रिसइबी थियो भन्ने जानकारी आएको छ,’ उनले भने, ‘तर कस्तो र कहिलेदेखिको बेमेल हो भन्ने विस्तृत खुलेको छैन ।’

भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीेले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ ।

Police2131613554051

Kantipath Media

यो छुट्टाउनु भो कि..