annapurna add

काठमाडौं । देशभरका सिंगो दलित समुदायलाई होच्याउने उखान हो ‘मरेपछि डुमै राजा । यो उखानप्रति सधैं दलित समुदायले आलोचना गर्दै आएका छन् ।

bhim upadhyayaयही उखानका कारण कतिपय व्यक्तिहरुले सार्वजनिक रुपमै माफी मागिसकेका छन् । आज फेरि सरकारका पूर्वसचिव भीम उपाध्यायले सिंगो दलित समुदायलाई अपमान गर्नेगरी सामाजिक सञ्जालमा ‘मरेपछि डुमै राजा’ भनी लेखेका छन् ।

पूर्वसचिव उपाध्यायलाई यहि वैशाख १० मा सरकारविरुद्ध जथाभावी लेखेपछि साइवर ब्यूरोले पक्राउ गरेको थियो । तर उनी बैशाख १५ गते २५ हजार धरौटी बुझाएर रिहा भएका थिए । उपाध्यायले फेरि सिंगो समुदायलाई हिंसा गर्नेगरी तुत्छ भाषाको उखान प्रयोग गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले बुटवलमा मृत्यु भएका कोरोना संक्रमितको लास उठ्न नसकेको विषय उठान गरेका थिए । तर, उनले सिंगो समुदायको मानमर्दन हुनेगरी प्रारम्भमै ‘मरे पछि डुम्बै राजा’ आहान हावा खुवायो कोरोनाले’ लेखेका छन् । उद्यपि उनले अहिले  फेसबुकबाट स्टाटस हटाइसकेका छन् ।

उनले आफ्नो वालबाट सो स्टाटस हटाएपछि उनको चौतर्फी आलोचना भइरहेको छ । दलित समुदायका युवाहरुले उनले जातीय विभेद गरेकाले छुवाछूत ऐन अनुसार कारवाही गर्न माग गरेका छन् । यसअघि गायीका कोमल ओलीले एक प्रसंगमा ‘मरेपछि डुमै राजा’ चौतर्फी आलोचना भएको थियो । त्यसपछि ओलीले सार्वजनिक रुपमै माफी मागेकी थिइन् ।

तराईमा माता साबित्रीको पुजा गर्छन् । डुमै समुदायले बनाएर दिएको बासको सामाग्री दिएपछि पूजा शुद्ध हुने गर्छ भन्ने जनविश्वास छ । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...