तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर

गु्णस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।

कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रालि, बाराका हरिओम आयल स्टोर र हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् ।

मुद्दा दायर गरिएका फर्ममध्ये जगदम्बा डिस्टिब्युटर प्रालिले राजश्व चुहावट गरेको, हरिओम आयाल स्टोरले उपभोक्तालाई घटी तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरुलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले राससलाई जानकारी दिनुभयो ।

उपभोक्ता ठग्ने ती व्यापारीक फर्मलाई स्टेण्डर नापतौल ऐन–२०५५ को दफा ३० (२) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । जसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवानागरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको सो कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा १२६ व्यापारिक फर्ममा अनुगमन गरेको छ । सो कार्यालयले वीरगञ्जको मीना बजार र घण्टाघरको उत्तर तर्फ रहेको तरकारी बजारका व्यापारी उपभोक्ता ठग्ने व्यापक गुनासो आएकाले अन्य निकायसँग समन्वय गरी अनुगमन गर्ने बताइएको छ । व्यापारीले प्रयोग गर्ने ढक, तराजु, लिटर, कपडा नाप्ने मिटर, काँटा, धर्मकाँटा, पेट्रोलियम पदार्थ, सुनचाँदी तौलने तराजुको नवीकरणसमेत नगरेकाले लाखौं रुपैयाँ राजश्व छलि हँुदै आएको छ ।

व्यापारीले सीमावर्ती भारतीय बजार रक्सौल, बेतीया, सिकटालगायत भारतीय बजारबाट विद्युतीय तराजु किनेर ल्याउने गरेको र कार्यालयमा दर्ता नै नगरी प्रयोग गर्ने गरेको व्यापक गुनासो आउन थालेकाले स्थानीय प्रहरी, सम्बन्धित निकायसँग समन्वय गरी वीरगञ्ज बजारमा रहेको व्यापारीक पसलमा चाँडै नै अनुगमन गर्ने कार्यालयले जनाएको छ ।

वीरगञ्जका मीनाबजार, आदर्शनगरलगायत ठाउँमा विगत लामो समयदेखि अनुगमन हुन नसक्दा उपभोक्ता ठगिदै आएको उपभोक्ता सञ्जयकुमार प्रजापतिको आरोप रहेको छ । तर कार्यालयले ती बजारमा अनुगमन गर्दा व्यापारीले अवरोध गर्ने गरेकाले त्यहाँ अनुगमन हुन नसकेको तर्क अघि सारेको छ ।

शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त
जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो ।

चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो । गत वर्ष वडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो । बाह्रवटा बडा रहेकामध्ये १, ६, ८ र १२ नं वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल रु ५१ लाख १३ हजारको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो ।

शुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताउनुभयो ।

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौध वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् । ब्यास–१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी छ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।

खुलेन तालाबन्दी
दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताउनुभयो । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको जानकारी दिनुभयो ।

बोरिङ जडान थालिएपछि मुहारमा चमक
आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।

वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । “पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ”, किसान शङ्कर साहले हँसिलो मुद्रामा भन्नुभयो, “अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।” यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पु¥याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

शङ्करजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा हुनुहुन्छ । “हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन”, रामसेवकले भन्नुभयो, “खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।” भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो रहँदै आएको छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका ग¥हाग¥हामा पानी पु¥याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ । अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई÷चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।

कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन
तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ तोकिनुभएको छ ।

नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समिक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।

बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा खटिएका तथ्याङ्क सङ्कलकहरुलाई धन्यवाद ज्ञापन गर्ने र वडागत सङ्कलित फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रवृष्ट गर्न चार जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने निर्णय गरेको छ ।

यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले जनाएको छ ।

सुखौरामा शितभण्डार : किसान उत्साहित
गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायासी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।

व्यावसायिक रुपमा आलुखेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको सास फेर्ने छन् । सुखौरामा कृषि उपज भण्डारणको लागि शित भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइँमा पर्ने गरेको छ शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रैमहिना बिक्रीका लागि तयार रहने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको रु १५ लाख लागतमा शितभण्डार निर्माण गरिएसँगै किसानमा आम्दानीको आशा पलाएको हो । ‘अब हामीले बेसिजनमा मूल्य पारेर आलु बेच्न सक्छौं’, स्थानीय किसान मोहन थापाले भन्नुभयो, “शीतभण्डारले किसानलाई साथ दिनेछ ।” आफुहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । शितभण्डार निर्माण भएसँगै आफूहरुले उत्पादन गरेको आलु समयमै बेच्न नसकेको खण्डमा कुहिएर जाने डर नरहेको बताउनुभयो ।

उहाँले शीतभण्डारका कारण उत्पादित आलुलाई बेसिजनमा बेचेर दुई गुणा बढी फाइदा गर्न सकिने बताउनुभयो । सुखौरा भित्रिवन आलु पकेट क्षेत्रमा शितभण्डार निर्माण भएको हो । यहाँका २२४ घरधुरीले फलाएको आलु शीतभण्डारमा राख्न सकिने छ । सुखौरामा हरेक परिवारले ६ देखि २२ मुरीसम्म आलु उत्पादन गर्ने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । आलुको बिक्रीबाट मात्रै रु १० देखि २० लाख गाउँ भित्रिने गरेको छ । शीतभण्डार प्रयोगमा आएपछि यो अङ्क दोब्बर हुने किसान बताउँछन् ।

आलु पकेट क्षेत्र घोषणा गरिएसँगै त्यहाँका किसानले गहुँ र जौँ लगाउने जग्गामा समेत आलु नै लगाउन थालेका छन् । सरकारले आलु उत्पादनको लागि अनुदान दिन थालेसँगै किसानले आलु उत्पादनलाई वृद्धि गरेका छन् । सुखौरामा फलेको आलु गुल्मीको शान्तिपुर, रुपन्देहीको बुटवल, जिल्लाका साना बजार र गाउँमासमेत बिक्री हुने गरेको छ ।

युवा चित्रकारको कथा ः चित्रकलालाई सबैथोक मान्छन्
सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गर्नुभएकी उहाँले अहिले त राम्रै तस्बीर बनाउनुहुन्छ । उहाँ जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्नुभएको छ । उहाँको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उहाँ चित्रकलामै भविष्य खोज्दै हुनुहुन्छ ।

चित्रकार बन्नकै लागि उहाँले धेरै सङ्घर्ष गर्नुभयो । अझै गर्दै पनि हुनुहुन्छ । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उहाँका चित्र । सधैँ प्रथम भएकैले गर्दा उहाँलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।

परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उहाँका चित्रमा निखारता त आउँदै गयो । अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइँ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेशा सङ्कटमा पर्दै गयो । उहाँले सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी उहाँ कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसक्नुभएको थियो । विद्यालयको अध्यायन सकेर केही समय उहाँले कला सेन्टरमा चित्र बनाउन सिक्नुभयो ।

यसपछिका मेहनतले उहाँको चित्रकला प्रतिको मोह यति बढ्यो कि उहाँले यो पेशाको विकल्प खोज्नै सक्नुभएन । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उहाँको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।

कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उहाँलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । यतिकैमा उहाँले एक दिन युट््युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देख्नुभयो । चित्रकलाकी पारखी उहाँलाई हस्तकला (हेण्डिग्राफ)मा पनि आकर्षण बढ््यो ।

निरन्तर खटेर उहाँले हेण्डिग्राफ बनाउन थाल्नुभयो । शुरुमा चित बुझ्दो नबने पनि समायान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय उहाँले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । “हेण्डिग्राफ चाहीँ धेरैले किनेर नै लानुहुन्छ । केही कमाइ पनि हुन्छ ।” उहाँ भन्नुहुन्छ,“कला सम्मानित पेशा हो । तर, बाँच्न गाह्रो हुँदो रहेछ ।”

उहाँले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गर्नुभएको छ । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले उहाँ स्नातकस्तरको अध्ययनमा हुनुहुन्छ । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उहाँको विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर उहाँ चित्र कोर्नुहुन्छ ।

अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री । तर, यो पेशाले उहाँका जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन । उहाँ सङ्घर्र्षरत हुनुहुन्छ । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन । कुनै काम सहज छैन । “एउटै चित्र बनाउन तीन÷चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन ।” उहाँ भन्नुहुन्छ,“कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काटो अनि जोडो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।”

यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहीँ उहाँलाई विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उहाँको दुःखेसो छ ।

पढाइपछि चित्रकलाकै रहर

विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत पुजन चापागाइँ सदा अध्ययनमै व्यस्त रहनुहुन्छ । इलामको माइजोगमाई गाउँपालिकास्थित सोयाङका उहाँ यतिको व्यस्त रहँदा पनि अनवरत चित्र कोर्नुहुन्छ । सानै उमेरदेखि चित्रकार बन्ने रहर थियो । कोरोना महामारी उहाँका लागि अवसर बनेर आयो ।

उहाँ बन्दाबन्दी शुरुआत भएको पाँच दिनअघि नै घर आउनुभएको हो । घरमै मात्र बस्नुपर्ने भएपछि शुरुआती समयमा त उहाँलाई पनि बन्दाबन्दी हैरानै लाग्यो । त्यतिकैमा उहाँलाई रहर लागेको चित्रकलाको सम्झना आयो । उहाँले शुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोर्नु भयो । बनाउँदै जाँदा कही चित्र हेर्न लायक पनि भए ।

परिवारले हौसला बढेपछि भने उहाँले दिनदिनै चित्र कोर्दै जानुभयो । उहाँको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उहाँको लामो समय चित्र बनाउँदै जान्छ । उहाँले शुरुमा घरपरिवारकै चित्र बनाए पनि पछिल्लो समय भने अरूको पनि बनाउँदै जानुभयो । अहिले त उहाँले बनाएका सबै चित्र ‘एक से एक’ छन् । “अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला । ”उहाँले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउनुहुन्छ ।

“अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु”उहाँ भन्नुहुन्छ,“अरू चिजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।” आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउनुहुन्छ । लामो समय निरन्तर खटेर गर्नुपर्ने भए पनि चित्रकलामा भविष्य नभएको उहाँको गुनासो छ ।

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला(भारद्वाज)को पीडा पनि पुजनकै जस्तो छ । इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातक चौंथो वर्ष अध्ययन गर्दै रहनुभएका सुमन पनि कोरोनाले देश बन्दाबन्दीमा गएपछि घर जानुपर्ने भयो । शहरमा जस्तो ‘कडा’ बन्दाबन्दी गाउँमा नभए पनि उहाँले फाट्टफुट्ट बाहिर हिँड्न बाहेक घरमै बिताउनु प¥यो ।

उहाँले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाल्नुभयो । सानैदेखि रहरको विषय रहेको चित्रकलामा उहाँले दिनानुदिन परिश्रम खन्याउँदै जानु भयो । परिश्रम खन्याएसँगै चित्र पनि अब्बल अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्रसमेत बनाउँदै गएपछि धेरैले उहाँका चित्र मन पराउन थाले ।

निरन्तर चित्र बनाएपछि उहाँले पनि दुरुस्तै चित्र कोर्न सक्ने बन्नुभयो । अहिले त उहाँलाई चित्र बनाइ दिनभन्दै दैनिक ३÷४ कल फोन नै आउँछन् । “धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“साह्रै खुशी लाग्छ । यस्तो भन्दा ।” उहाँका अनुसार एउटै चित्र बनाउन लगातार तीन चार घण्टा खट्नुपर्छ । सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर दुई देखि तीन घण्टा चित्रकलालाई समय छुट्याउनुहुन्छ । “धेरै र राम्रा चित्र बनाए भविष्य त होला । तर, हुँदै दुःख गर्नुपर्छ” राज्यले चित्रकलाको सम्मान गर्दै बाँच्ने आधार बनाए आफू यही क्षेत्रमा लाग्ने योजनामा बनाउँदै गरेको सुमन सुनाउनुहुन्छ ।

शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त
जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो ।

चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो । गत वर्ष वडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो । बाह्रवटा बडा रहेकामध्ये १, ६, ८ र १२ नं वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल रु ५१ लाख १३ हजारको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो ।

शुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताउनुभयो ।

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौध वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् । ब्यास–१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी छ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..