annapurna add

काठमाडाैं । दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालको सामाजिक संजाल फेसबुक म्यासेन्जरमा भएको अश्लिल च्याट (कुराकानी) कान्तिपथ डटकमले समाचारसहित सार्वजनिक गरेपछि अध्यक्ष दुलाललाई नेपाल कम्युनिष्ट पार्टी दोलखाले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको छ।

यस अघि कान्तिपथबाट प्रकासित समाचार पनि पढ्नुहाेस्....

ह्याक भएको गाउँपालिका अध्यक्षको फेसबुकबाट कसले माग्यो युवतीसँग गोप्य अङ्गको फोटो ?

bharat dulal breaking newsमंगलबार सम्पन्न जिल्ला कार्यालयको बैठकले अध्यक्ष दुलालकै गाउँपालिकाकी एकजना युवतीसंग गरिएका दुलालका अश्लिल संवादसहितका ‘स्क्रिन सट’सहितकाे समाचार कान्तिपथले  सार्वजनिक गरेपछि नैतिकता र पार्टी अनुशासनसंग जोडेर संगठित सदस्य समेत नरहने गरी कार्बाही गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश कमिटि समक्ष सिफारिस गरेको कान्तिपथ डटकमलाई स्राेतले बताएकाे हाे ।

उक्त स्रोतले बताए अनुसार दुलालले १/२ जनालाई मात्र नभएर थुप्रै महिलालाई यस्ता म्यासेज पठाएका छन् । म्यासेजकै क्रममा दुलालले युवतीलाई आफ्नो गोप्य (संवेदनशील) अंगको फोटो पठाऊन भनेका छन् र आफ्नो पनि कम्मर भन्दा माथिको नग्न - कदकाे अर्ध तस्विर पठाएका थिए ।

bharat bubu
तत्कालिन नेकपा एमालेका दुई पटक जिल्ला सचिव भईसकेका दुलाल नेकपा दोलखाका सचिवालय सदस्य हुन्। नेपाल कम्युनिष्ट पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था छ।

आज मंगलबार बिहान बसेको कार्यालय बैठकले गरेको कार्बाही बारे जिल्ला पार्टीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन। 

स्राेतका अनुसार त्यस्ता अश्लिल गतिविधि बारे पार्टीमा समेत उजुर परेपछि उनलाई जिल्ला पार्टीले केही साताअघि लिखित स्पष्टीकरण सोधेको थियो। ति स्राेतका अनुसार लिखित स्पष्टीकरण चित्त नबुझेपछि मंगलबार कार्बाही सिफारिस गरिएको हो।

उक्त स्क्रिन सट सार्वजनिक भए लगतै गाउँपालिका अध्यक्ष दुलालले आफ्नो फेसबुक पेज ह्याक भएको स्पष्टीकरण दिएका थिए।

bharat hackसो लगत्तै उनको फेसबुकबाट जिल्लाका बिभिन्न व्यक्तिहरुलाई रकम माग्दै सहयोगका लागि खाता नम्बर समेत पठाईएको थियो।

म्यासेजको स्क्रिनसट विभिन्न व्यक्तिको हातमा पुगेको चाल पाएपछि दुलालले आफ्नो फेसबुक ह्याक भएको प्रमाणित गर्न जिल्ला सदरमुकाम चरिकोटस्थित केहि व्यवसायीलाई पैसा माग्दै म्यासेज पठाएका थिए ।

bharat 4उनको फेसबुकबाट एनसीसी बैंकको मन्थली शाखामा सुशान्त ढुंगेलको खाता नं ०८९०००००४२३१० मा ८ हजार ५ सय रुपैयाँ जम्मा गर्न भनिएको छ। गाउँपालिका अध्यक्ष तथा जिल्लाको प्रतिष्ठित नेताको आग्रहलाई स्वीकार्दै व्यवसायी भरत रोन श्रेष्ठले आफ्नो साथीलाई भनेर उक्त रकम खातामा जम्मा गरिदिएका थिए।

bharat 3

ह्याकरले उक्त काम गरेको उनले बताएका थिए। यद्धपी फेसबुक ह्याक भएको बारे  प्रहरीलाई भने दुलालले उजुर गरेका छैनन्।

दोलखाका जनप्रतिनिधिका विवादका शृंखला :

गाउँपालिकाको जग्गा श्रीमतीको नाममा ल्याउने गाउँपालिका उपाध्यक्ष पार्टीबाट निलम्बित

बैतेश्वरको २० रोपनी जग्गाको छानबिन गर्न समिति गठन : अख्तियारमा उजुरी

विद्यालयको बजेट फिर्ता पठाएपछि गाउँपालिका अध्यक्षलाई वडाअध्यक्षको मुक्का

गाउँपालिकाका अध्यक्षको आलुमा करोडौको राजनीति : जेठान पोस्न किसानको पेटमा लात

प्रकासित मिति

Loading...
Loading...

 

Loading...