annapurna add

Dormani Paudel

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन मकवानपुरकै सांसदबाट चलखेल भएको आरोप लगाएका छन् । उनले जिल्लाकै सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका हुन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरबाट आफूलाई हटाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘मलाई मकवानपुरबाटै हटाउने खेल भइरहेको छ । यहीँका सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नुभएको छ,’ पौडेलले भने । उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मकवानपुरबाटै सुरु भएको पनि आरोप लगाएका छन् ।

‘अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन् । त्यो पनि मकवानपुरबाटै सुरु भएको हो,’ उनले थपे । मुख्यमन्त्रीबाट आफूलाई हटाइए पनि कुनै चिन्ता भने नभएको पौडेलले धारणा छ । उनले स्थानीय तहहरूले आफू सिंहदरबार भएको भन्दै दम्भ देखाएको बताएका छन् । ‘स्थानीय तहहरूले सिंहदरबार भन्ठानेर दम्भ देखाएका छन् । मैले उहाँहरूलाई राम्रो काममा प्रतिस्पर्धा गर्न निर्देशन दिएको छु’, पौडेल भन्छन् ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्न खोज्ने कर्मचारीलाई आफैँले अख्तियारको जिम्मा लगाएको बताएका छन् । ‘प्रदेश सरकारमातहतका १२ जना कर्मचारीले भ्रष्टाचार गर्न खोजेकाले अख्तियारको जिम्मा लगाएको छु’, उनले भने । भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्ने पौडेलको दाबी छ । ‘भ्रष्टाचार गर्नेलाई छोड्दिनँ, इमान्दार भएर काम गर्नेलाई सम्मान गर्छु,’ पौडेलले भने । शिलापत्रमा समाचार छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर