पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला सम्पन्न

सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गरेका थिए। –

kantipathnews conep general meeting held

महासंघका उपाध्यक्ष एवं प्रदेश ३ का प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलामा प्रमुख अतिथिका अतिरिक्त अतिथिहरु नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवं महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल नेकपा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य एवं महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा महासंघका पदाधिकारी सदस्यहरु, महासंघ अन्तर्गतका विभिन्न आयोगका प्रमुखहरु, आवद्ध पच्चिसवटै घटकका प्रतिनिधिहरु र ३ नं प्रदेशका तेह्रवटै जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीको पहिलो वैठक प्रदेश प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल समेतको उपस्थितिमा वसेको थियो । उक्त वैठकमा तेह्रवटै जिल्लाका ईञ्चार्ज तथा अध्यक्षहरुले जिल्लामा भएका पेशागत गतिविधिहरुको रिपोर्टिङ्ग गरेका थिए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..