कांग्रेसका जिल्ला सदस्य सहित ६० बढी नेकपामा प्रवेश

cpn praves congress kantipathनेपाली कांग्रेसका जिल्ला सदस्य सहित ६० बढी नेकपामा प्रवेश नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सदस्य सहित ६० बढीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’को विशेष उपस्थितिमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमबाट नेपाली कांग्रेस परित्याग गरी ६० बढीले नेकपामा प्रवेश गरेका हुन्।

कांग्रेसका जिल्ला सदस्य त्रिवेणि गाउँपालिका १० का भुपालसिंह ओलीले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिए। उनका अनुसार त्रिवेणी ६ का कुवेर ओली, धनसिंह ओली र इन्द्र ओली सहित ५२ जना नेकपामा प्रवेश गरेका छन्।

यता आठबीसकोट नगरापालिकाका कविराम बुढाथोकी सहित एक दर्जन कांग्रेस कार्यकर्ताले नेकपामा प्रवेश गरेको अध्यक्ष अनलले बताए। नवप्रवेशी नेता कार्यकर्तालाई पूर्व गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज शर्माले पार्टी प्रवेश गराएका हुन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..