annapurna add

avoli sasakambaidhanik Ijalash copy

नैतिकता विवाद जोडिएपछि संवैधानिक इजलासबाट हरिकृष्ण कार्की बाहिरिएसँगै प्रधानन्यााधीश चोलेन्द्र शमशेर राणाले नयाँ इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान ‍‍ मल्ल र तेज बहादुर केसी तोकिएका छन् । कार्की बाहिरिएसँगै सपना प्रधान मल्‍ललाई तोकिएको छ । नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्यरत छिन्।

नेपाल ल क्याम्पस (त्रिवि)बाट कानुनमा स्नातक मल्लले दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरी हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्रेसन) कोर्स पूरा गरेकी छिन्। वि. सं. २०४३ साल चैतमा उनले अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी हुन्। वि. सं. २०६५ वैशाखमा पहिलो संविधानसभामा सदस्य भएकी सपनाले वर्तमान संविधानलाई लैंगिकमैत्री, सीमान्तकृतमैत्री तथा प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएकी छिन् ।

अघिल्लो पटक कानून व्यवसायीले इजलासमै न्यायाधीश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भइसकेको हुँदा उनको नैतिकतामा प्रश्न उठाएका थिए । त्यसपछि कार्की स्वयंले इजलासमा नरहने घोषणा गरेका थिए । कार्की २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनका महान्यायाधिवक्ता थिए ।

प्रतिनिधि सभा विघटनविरूध्द परेका रिटमाथि सर्वोच्च अदालतमा ठूलै संख्यामा कानुन व्यवसायीहरुले नाम दर्ता गराएका छन् । सोमबारसम्म दुवै समूहका गरी १८६ जनाले कानुन व्यवसायीले बहस गर्न नाम दर्ता गराएका छन् ।

अर्को त, कानून व्यवसायी प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा जटिल संवैधानिक प्रकृतिको भएको हुँदा पाँच सदस्यीय संवैधानिक इजलासबाट नभई पूर्ण बृहत् इजलासमा लैजानुपर्ने माग पनि राख्दै आएका छन् । कानून व्यवसायीहरुले आज पनि यो विषय उठाउने बताएका छन् । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विटघन गरेकी थिइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...