annapurna add

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उच्च तहका कर्मचारीसहित ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै पनि ८४ जनामा संक्रमण भेटिएको छ ।

77 corananews of kantipathस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिएको छ ।

जसमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ७३ जना, भक्तपुरमा १ जना र १० ललितपुरमा जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर