स्पेन र फ्रान्समा कोरोनाको मृत्युदर घट्यो

अमेरिकापछि कोरोना संक्रमित धेरे देखिएको स्पेनमा चार दिन यता संक्रमितकाे संख्या लगातार घटेकाे छ । त्यस्तै पाचौं नम्बरमा रहेको फ्रान्समा पनि लगातार तेस्रो दिन नयाँ संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

Spain Corona 1File photo

१ अप्रिलमा स्पेनमा ८ हजारभन्दा बढी नयाँ संक्रमित एकै दिन फेला परेका थिए । त्यसदिनदेखि नयाँ संक्रमितको संख्यामा लगातार कमी आएको हो । आइतबार (५ अप्रिल) स्पेनमा नयाँ संक्रमित हुनेको संख्या लगातार घट्दै ५ हजार ४ सय ७८ मा झरेकाे छ ।

त्यस्तै फ्रान्समा पनि लगातार २ दिनयता नयाँ संक्रमितको संख्या घटिरहेकाे छ । ३ अप्रिलमा एकै दिन २३ हजार संक्रमित देखिएको फ्रान्समा ४ अप्रिलमा ७ हजार र आइतबार २ हजार मात्रै नयाँ संक्रमित पाइएका छन् । इटालीमा नयाँ संक्रमितको संख्या २८ मार्चयता ४ हजारभित्र रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा पहिलो पटक आइतबार नयाँ संक्रमितको संख्या घटेको छ । अमेरिकामै सबैभन्दा बढी संक्रमित देखिएको न्युर्योकमा शनिबार ६ सय ३० नयाँ संक्रमित फेला परेका थिए भने आइतबार त्यो संख्या ५ सय ९४ मा झरेको छ ।

विश्वभर संक्रमित हुनेको संख्या १२ लाख ७३ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ६९ हजार ४ सय पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये २ लाख ६२ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । यसअनुसार संक्रमितको निको हुने दर करिब ८० प्रतिशत रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..