annapurna add

ramechhap khandadevi

खाँडादेवि गाउँपालिकाले अनियमितता गरेको भन्दै गाउँपालिकाका स्थानीयले रिपोर्टर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । आफ्नो निहित स्वार्थ पूरा नहुने भएपछि इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणको लागि टेन्डर भई खानी निर्माण सेवा प्रा.लि.ले मोविलाइजेसन पेस्की समेत लिइसकेको अवस्थामा गाउँपालिका प्रमुखले प्रहरी कार्यालय निर्माण गर्न अवरोध गर्नुका साथै कतै खेल मैदान त कतै अस्पताल बनाउने नाउमा करिक ४० रोपनी भन्दा बढी जंगल फडानी गरि हजारौको संख्यामा रुख कटान गरेकोे स्थानीयको आरोप छ ।

प्रहरी कार्यालय चोप्राङको भवन निर्माणको लागि स्थानीयबासिन्दाले चार रोपनी तीन पैसा जग्गा दानपत्र दिएको र भवन निर्माणको ठेक्का प्रक्रिया सकिएर भवन निर्माण कार्य अघि बढाउने बेलामा पालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीले काम नै गर्न नदिएको उनीहरुको आरोप छ ।

राजनीतिक स्वार्थ पूरा नहुने भएपछि इलाका प्रहरी कार्यालयको भवन निर्माण प्रयोजनको लागि लिएको जग्गा प्रहरी कार्यालय भवन बनाउन अवरोध गरेको भन्दै जे प्रयोजनको लागि जग्गा दिइएको हो त्यही अनुसारको काम हुनुपर्ने जग्गादाता तथा स्थानीयबासीहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा जग्गा दाताहरुले आफूहरुले दान गरेको जग्गा जुन प्रयोजनको लागि भनेर गाउँपालिकाले लिएको हो त्यही प्रयोजनको लागि प्रयोग हुनुपर्ने जग्गा दाताहरुको भनाई छ । गाउँपालिकाले स्थानीयबासीले दिएको जग्गामा गाउँपालिकाको कुनै पनि संरचना निर्माण नगर्ने गरि बदमासी गरिरहेको पनि उनीहरुले आरोप छ ।

गाउँपालिका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्कीको रोहवरमा लक्ष्मण साइबारी सामुदायिक वनबाट ४० रोपनी जग्गा अस्पताल निर्माण गर्ने प्रयोजनको लागि भनेर लिएको (हाल सम्याइएको छ) र सो जग्गामा अस्पताल निर्माण नगरी अर्कै वडामा लगेर अस्पताल निर्माण कार्य सुरु गरिएको स्थानीयको भनाई छ । केन्द्र, प्रदेश र सांसद विकास कोषको नाममा आएको रकममा समेत कार्यकर्ताको भरणपोषणमा खर्च भएको उनीहरुको आरोप छ ।

त्यहाँका स्थानीयले इलाका प्रहरी कार्यालय भवन निर्माणको लागि मात्रै नभएर गाउँपालिकाको भवन निर्माण प्रयोजनको लागि समेत पन्ध्र रोपनी जग्गा दान दिएको स्थानीयले बताएका छन् । दान पत्रमा स्थानीयवासीसँग जग्गा लिए पनि गाउँपालिकाले अहिलेसम्म उक्त जग्गा प्रयोग नगरेको बरु सार्वजनिक जमिन (जंगल) मा अस्थायी संरचना निर्माण गरेको स्थानीयको भनाई छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...