annapurna add

काठमाडाैं । सत्तारुढ नेकपामा जारी विवाद अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ।

CPN disputeFile photo

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बसेको बैठकले सो कार्यदल गठन गरेको हो।

विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको स्राेतले बतायाे ।

९ दिन देखीकाे संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएको जानकारी दिएका थिए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...