Hidden
सकियाे सचिवालय बैठक, के के भए निर्णय ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्षद्वयका बैठकमा प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आजको बैठकमा अध्यक्षद्वयका प्रस्तावमा छलफल भएको र सचिवालयमा प्रस्तुत प्रस्तावलाई छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी दिए ।
त्यस्तै सहमति कायम गर्नका लागि आवश्यक परेमा स्थायी कमिटीको बैठककै समयमा पनि छलफललाई निरन्तरता दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...