२ बजे एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

Cabinetmeeting 20200426192131

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्न लागेको सो बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।

त्यसैगरी कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो । आजै मन्त्रिपरिषदका बैठक पनि बस्दैछ ।

एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ ।

तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो । बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ–आफ्ना उम्मेदवार उठाएका छन् । ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन् । नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । वागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ ।

देवकोटलाई कांग्रेस(माओवादीको समर्थन छ । बादल एमाले उमेदवार हुन भने देवकोटा स्वतन्त्र हुन् । बादलको जित–हारले एमाले एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन् । बालुवाटारको बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनबारे समेत समिक्षा हुने स्रोतको भनाई छ ।

स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..