गाउँपालिकाकाे दादागिरी : डोजर लगाएर घर भत्काइयाे, २५ परिवारको रुखमुनि वास

काठमाडौँ  । बाटो फाराकिलो पार्ने भन्दै दलित मुसहर वस्तीका घर भत्काउदा मुसहर परिवार खुला आकाशमुनी बस्न बाध्य भएका छन् । कोरोनाको त्रासमा घरभित्रै बस्नु पर्ने अवस्थामा मुसहरलाई घरवाविहिन बनाइएको छ । पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित संघ सस्थाहरुले कार्वाहीको माग गरेका छन ।

25fmlyमहामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा दैनिक गुजार चलाउन धौधौ परेको बेला गरिब ,असहाय मुसहरहरुलाई संरक्षण गर्नुपर्नेमा उल्टै घर भत्काएर जनप्रतिनिधिले नै बिचल्ली बनाएको भन्दै दलित संघसस्थाहरुले घटनाको छानविन गरि पडितलाई न्याए दिन माग गरेका छन् ।

संकटको समयमा अति बिपन्न र दलितहरुलाई राहतको व्यावस्था गरी बचाउनु पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरमा बासोवास गर्दै आएका २५ घरपरिवार मुसहरहरुको घर वडा अध्यक्ष अरबिन्द मेहताको निर्देशमा भत्काउनु अमानविय र अत्यचारको भएको दलित अधिकारकर्मीहरुको ठहर छ ।

दलित अधिकारकर्मीका अनुसार १५ बर्ष अगाडिदेखि बसोबास गर्दै आएका उनीहरुलाई बाटो फराकिलो पार्ने भन्दै लकडाउनको सयममा घर भत्काएर उठीबास लगाइएको भनाई छ । लकडाउनको समयमा गरिबहरुमाथि अमानविय अत्यचार गर्ने वडा अध्यक्ष अरबिन्द मेहता र उनका मतियारहरुलाई पक्राउ गरेर कार्वाही गर्नुपर्ने दलित अधिकार संघ संस्थाले बताएका छन् ।

पुर्व जानकारी विना लकडाउनको समयमा ६ र ७ जेठमा डोजर लगाएर सडक किनारमा बस्दै आएका २५ परिवार दलितहरुको घर भत्काइदिएपछि उनीहरु बिचल्नीमा परेका छन । यसैले बिचल्नीमा परेका दलित परिवारको उद्धार सहित पुर्नस्थापना गराउन अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन । स्थानिय अधिकारकर्मीहरुका अनुसार,घर भत्काइएका २५ परिवार मध्य ११ घरधुरी अहिले खुला आकाशमुनि रात बिताईरहेका छन ।

पानी परिरहेकोले ,उनीहरु अहिले रुखको मुनि ,पानीमा भिजेरै रात बिताउन बाध्य छन । पानीले भिजेर मुसहर बुद्धा र बालबालिकाहरु बिरामी परेका छन । स्थानिय मुसहर समुदायका अनुसार उक्त बस्तीमा बाटो बिस्तार गर्नका लागि कसैलाई पनि सार्वजानिक सुचना गरिएको थिएन ।

उक्त बस्तीमा श्यामवती ऋषिदेव, कमल ऋषिदेव महगा ऋषिदेव,शभ्मु ऋषिदेव,दारी ऋषिदेव हेर्नु ऋषिदेव घर भत्काइएको छ । बिचल्नीमा परेका मुसहर परिवारहरु भोकभोकै परेकोले उद्धारसँगै राहत सहयोग गर्न दलित संघ सस्था,मानवअधिकारकर्मी ,समाजसेवी ,सहयोगी दाता,अन्तराष्टिय गैरसरकारी संस्था लगायत सरोकारवाला सबैलाई अधिकारकर्मीहरुले आग्रह गरेका छन ।

Kantipath Media

यो छुट्टाउनु भो कि..