रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग गरेकी छन् ।

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

snnewsssFile photo 

माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ ।

यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ बुधबार प्रतिनिधिसभा बैठकमा उनले भनिन् ।

सांसद नेपालीले संसदीय छानबिन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गर्न समेत माग गरेकी छन् ।

कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले रुकुम घटनाबारे सर्वदलीय संसदीय छानबिन समिति गठन गर्न माग गरिन् । ‘गृहमन्त्रीलाई अनुरोध– रुकुम घटना निर्मला पन्तको जस्तो ढुस्स नहोस्’ उनले भनिन् ।

सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङले रुकुम घटनालाई राजनीतिकरण हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् । ‘अति राजनीतिकरण हुँदा दोषीले सजाय नपाउने र पीडितले न्याय नपाउने हुन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

कांग्रेसकी सांसद लक्ष्मी परियारले जातीय विभेद र छवाछुत विरुद्धका संविधान र कानुनी व्यवस्थाको प्रभावकारी कानुन कार्यान्वयन गर्न माग राखिन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारीका मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिकाका २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी पक्षका मान्छेकाे आक्रमणबाट कुटपिट हत्या गरेर भेरी नदीमा फालेका नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको शव भेटिएको थियो ।

भेरी नगरपालिका स्थित नदीमा फेला परेको शव भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको हो । उनको टाउकोमा समेत चोट लागेको छ ।

भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

सरकारले घटनाको निष्पक्ष छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

 

Kantipath Media

यो छुट्टाउनु भो कि..